युवा संघ नेपाल बाँके जिल्लाको अध्यक्ष पदमा कुश्माखर बस्याल मनोनयन

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार

राष्ट्रिय युवासघ नेपाल बाँके जिल्लाको अध्यक्ष पदमा कुश्माखर बस्याल मनोनयन भएका छन् । युवासंघका सचिव रहेका वस्याललाई अध्यक्ष पदमा मनोनयन गरिएको हो । आज बसेको राष्ट्रिय युवासंघ केन्द्रिय समितिको बैठकले मुलुकभरका युवासंघ गठन गर्ने क्रममा बाँकेको अध्यक्ष पदमा बस्याललाइ मनोनयन गर्ने निर्णय गरेको हो । यस अघि चयन भएको किशोर थापा अध्यक्ष रहेको समितिमा वस्याल अत्याधिक मतले सचिवमा निर्वाचित भएका थिए ।

तत्कालिन नेकपा एमाले र तत्कालिन माओवादीको युवासंगठन मिलेर बनेको नेकपाको राष्ट्रिय युवा संघमा बस्याललाई अध्यक्षमा मनानयन गर्न सहमति जुटेको थियो ।जिल्ला अध्यक्षका रुपमा मनोनयन भएको खबर बाहिरिएसंगै बस्याललाई सामाजिक सञ्जाल मार्फत वधाई दिनेहरुको ओइरो लागेको छ ।

स्याङ्जामा जन्मिएका बस्याल बाँकेमा वसाई सरेर आएपछि सानै उमेर देखि राजनीतिमा चासो राख्थे । राजनीतिमा चासो राख्ने बस्याल तत्कालिन नेकपा एमालेको युवा संघको क्षेत्रिय सचिवका रुपमा संगठनमा आवद्ध भएका थिए । युवा समितिमा उनले देखाएको सकृयताका कारण सोही कमिटिमा अध्यक्षको रुपमा भूमिका निर्वाह गरे । तत्कालिन नेकपा एमालेका केन्द्रिय सदस्य समेत भएका नेता देवराज भारवाट २०६४ सालमा बाँकेमा पार्टी सदस्यता लिएका थिए ।

उनी अहिले नेकपाको कोहलपुर नगर कमिटिका सदस्यका रुपमा पनि पार्टीमा सकृय छन् । पार्टीलाई अप्ठेरो पर्दा होस् वा संगठन विस्तार गर्न होस बस्यालको सक्रिएता लोभलाग्दो देखिन्थ्यो । युवासंघको संगठन विस्तार, युवाका मुद्धा उठान गर्ने काम देखि लिएर सामाजिक रुपमा पनि उत्तिकै सकृय छन् ।

बाँकेमा सामाजिक अभियन्ताको रुपमा पनि परिचय बनाएका बस्याल मिलनसार स्वभावका भएका कारण पनि पार्टीकै फरक गुटका युवाहरुले पनि उनलाई मन पराउँछन् । पार्टीगत काम देखि लिएर स्वास्थ्य क्षेत्रमा पनि उनको उत्तीकै योगदान छ । युवासंघका तर्फवाट रक्तदान कार्यक्रम गर्ने, नगर सरसफाई लगायतका काममा उनको सकृयता देख्न सकिन्छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu