सोम, चैत्र १७, २०७६
Mon, March 30, 2020

यस्तो बन्यो प्रदेश १ को सबैभन्दा लामो चाङलुङ गुफा पुर्‍याउने भिडियो, यस्तो छ चाङलुङको बिशेषता


  • स्वदेश नेपाल
  • मङ्ल, कार्तिक २६, २०७६

तेह्रथुम: १४५ मिटर लामो प्रदेश १ को हालसम्म पत्ता लागेको चाङलुङ गुफा को प्रबर्द्धननात्मक भिडियो बनेको छ। सार्वजनिक वा निजि सवारी यात्रामा पुर्वका धरान, इटहरी र विराटनगरबाट एकै दिनमा सहजै पुगेर आउन सकिने यो गुफा ओझेलमा परेकाको प्रबर्द्धन गर्न भिडियो सामाग्री (भ्लग) निर्माण गरेको बताइएको छ। पर्यटन पत्रकार विराट अनुपमले निर्माण गरेको भ्लगमा प्राध्यापक डाक्टर टंक न्यौपाने, वडा अध्यक्ष टिकाराज लिम्बु लगायतका विभिन्न सामाजिक, साहित्यिक र राजनीति व्याक्तित्वहरु समेत देखिएका छन।

तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ६ सुदापमा रहेको चाङलुङ गुफा दुई वर्ष अगाडि सम्म गुमनाम थियो । स्थानीय भाषामा ढुंगाको खात भन्ने अर्थ लाग्ने चाङलुङ गुफा बारेमा स्थानीयवासी बाहेक गाँउपालीकाकै धेरैलाई गुफाको बारेमा जानकारी थिएन ।

स्थानीय सरकार बनेसँगै यो गुफामा पूर्वाधार र प्रचार बढाइएसँगै चर्चा बढेको छ । धनकुटाको सिधुँवा बजारबाट १४ किलोमिटरको कच्ची सडक दुरीमा रहेको यो गुफा १४५ मिटर लामो छ । गुफा भएको गाँउपालीकाको वडा नम्बर ६ का वडाध्यक्ष टेकराज लिम्बुका अनुसार स्थानीय सरकारले १२ लाख लागतमा जङ्गल क्षेत्रमात्रै भएको गुफालाई एउटा आकार दिएको छ ।

 

‘हाम्रा पीतापुर्खा देखिको यो ऐतिहासिक गुफालाई हामीले सुरुको वर्ष ५ लाख र चालु वर्षमा ७ लाख बजेट हालेका छौँ’, वडाअध्यक्ष लिम्बु भन्छन्, ‘काम भने जनसहभागिताले २० लाख भन्दा धेरैको भएको छ ।’ गुफा क्षेत्रमा टावर, सिँढी देखी मान्छे बस्ने फलैँचा बनाएको बताउँदै वडाध्यक्ष राईले अब गुफामा सबैभन्दा माथिको ढुङ्गामा रहेको टावरमा बाघको प्रतिमा बनाउने बताए । पहिले पहिले बाघ बसेको क्षेत्र भएकाले बाघको प्रतिमा बनाउन थालिएको लिम्बुले बताए । गुफा क्षेत्रमा मन्दिर समेत छ ।

यो मन्दिरमा उधौलि र उभौलीमा पुजाआजा हुने वडाध्यक्ष लिम्बुले बताए । उद्योलिको अवसरमा वडाले मेला समेत लाएको उनले बताए । वडाले चाङचुङ गुफाको डिपिआर बनाएर धनकुटा र पाँचथरको सीमामा बसेको गाउँपालिका भएकाले गुफामा मेची र कोसी दुवै कोरिडोरका पर्यटहरु आउन सजिलो हुने अध्यक्ष लिम्बुले बताए ।

उनले भने, ‘दुवै क्षेत्रबाट गाउँपालिका कार्यालय शुक्रबारे बजारमा आएपछि सजिलै सडकबाटै पुग्ने हुनाले गुफा आउन सजिलो छ ।

-प्रदेशपोर्टलबाट

प्रतिक्रिया
ताजा अपडेट