अलीबाबाको २४ घण्टामा ४३ खर्ब रुपैयाँको सामान बिक्री

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलवार

चीनको इ–कमर्स कम्पनी अलिबाबाको ‘सिंगल डे सेल’ मा २४ घण्टाभित्र ३८.४ अर्ब डलर अर्थात् ४३ खर्ब रुपैयाँको बिक्री भएको छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च ‘सिंगल डे सेल’ हो । यो गत वर्षभन्दा २७ प्रतिशत बढी हो । सन् २०१८ मा सिंगल डे सेल्स ३० अर्ब डलर रहेको थियो ।

अलिबाबाले यो वर्ष सिंगल डे सेलमा जति कमाए, अमेरिकी कम्पनी अमेजनको दुई महिनामा त्यति बिक्री हुन्छ । अमेरिकी गायक टेलर स्विफ्टको प्रस्तुतीसहित आइतबार राती १२ बजे (चीनको समयानुसार) सुरु भएको अलिबाबाको अनलाइन सेल सोमबार मध्य रातमा समाप्त भयो ।

कम्पनीले एक सेकेन्डमा पाएको अर्डरको आँकडाको रेकर्ड ५.४४ लाख पुग्यो । यो सन् २००९ को तुलनामा १३६० गुणा बढी हो । कम्पनीले यसै वर्ष सिंगल डे सेल सुरु गरेको थियो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu