एनआरएन इजरायलले नोभेम्बर १५ मा आफ्नो भावी कार्य योजना सार्वजनिक गर्दै

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार

यहि नोभेम्बर १५ तारिख शुक्रबारको दिन एनआरएन एनसिसि इजरायलले संस्थाको भावी कार्य योजना सार्वजनिक गर्ने र पुरानो कार्यसमितिले गरेको काम कार्वाहीबारे पनि बिशेष जानकारी गराउने उद्देश्य राखेर उक्त दिन इजरायली समय अनुसार बेलुकी १७ बजे एनआरएनको अफिसमा एक प्रेस मिट आयोजना गर्दैछ ।

एनआरएन इजरायलबारे सामाजिक संजालमा उठेक बिषयहरु तथा भ्रमण बर्ष २०२० लाई कसरी सफल बनाउने’ भन्ने बिषयमा समेत छलफल हुने एनआरएन इजरायलका प्रवक्ता भोजराज क्षेत्रीले जानकारी गराएका छन् ।

प्रेसमिटको भोलि पल्ट संस्थाले विश्वकै होचो भुभाग मृत सागर (Dead Sea) र जेरुशलेम चिडियाखाना (Jerusalem Zoo) मा एक दिने भ्रमण कार्यक्रमको आयोजना गरेको छ । भ्रमणमा जान इच्छुकहरुलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu