अंग्रेजले पनि भारतलाई भनेका थिए, ‘काली पश्चिम फर्कनू’ : बाबुराम भट्टराई

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार

काठमाडौं : समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूभाग नेपालकै हो भन्न प्रशस्त तथ्य रहेको बताएका छन्।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा आफ्नो धारणा राखेर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले यसो भनेका हुन्।

‘लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूभाग भारतले आफ्नो नक्सामा राखेकोबारेमा मैले समाजवादी पार्टीको तर्फबाट आफ्ना कुरा राखेको छु’, उनले भने, ‘यो विषयलाई हल गर्ने गतिलो अवसर यही हो भन्ने मेरो धारणा हो।

विगतमा व्यवस्था परिवर्तनमा दलहरु सक्रिय हुनुपरेकाले अहिलेको एकै व्यवस्थाका बेला भारतसँगको सीमा विवाद सरकारले हल गर्न हिम्मत गर्नुपर्ने सुझाव दिएको छु।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले राष्ट्रियता जस्तो सं-वेदनशील मुद्दमा दलहरु एक ठाउँमा हुनुपर्ने कुरा आफूले राखेको सुनाए । ‘विगतमा व्यवस्था परिवर्तनका लागि देशभित्रै संघर्ष गर्नुपर्यो।

यो बेला एकै व्यवस्थामा छौँ। सुस्तादेखि कालापानीसम्म वि-वाद छ भन्ने कुरा भारतले पनि स्वीकारेको छ’, उनले भने, ‘सीमा समस्या हल गर्न अहिलेसम्म सचिवस्तरीय कार्यदलले केही गर्न सकेन । अब यसले हुँदैन, अब प्रधानमन्त्रीले नै भारतीय प्रधानमन्त्रीलाई सम्पर्क गरेर राजनीतिक आयोग बनाउनुपर्छ।’

प्रतिवेदन बुझाउन बाँकी रहेको अवस्थामा आफ्नै पालामा गठित इपिजीले यो मुद्दा समेट्न सकेमा राम्रो हुने उनले सुझाए। ‘इपिजीले यो विषय समेट्न सक्छ भने त्यसैले समेटेको राम्रो, यदि नसकेमा छुट्टै राजनीतिक आयोग बनाऊँ’, उनले थपे।

अध्यक्ष भट्टराईले महाकालीको मुहान लिम्पियाधुरा नै हो भन्ने कुरामा विवाद नरहेको प्रष्ट पारे। ‘लिम्पियाधुरा नै महाकालीको मुहान हो। सुगौली सन्धिमा पनि यो कुरा उल्लेख छ । तर हामीले यसलाई पुष्टि गरेनौँ’, उनले भने, ‘त्यही बहानमा भारतले काली वारिसम्म आएर नेपाली भूमि अ-तिक्रमण गर्न भ्याएको छ।’

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu