भारतमा ५ सय वर्ष पुरानो विवाद टुंगियो , हिन्दुहरूको पक्षमा सर्वोच्चको फैसला

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार

अयोध्याको विवादित जमिन हिन्दुहरूको भएको भारतको सर्वोच्च अदालतले ठहर गरेको छ। राम मन्दिर बाबरी मस्जिद विवादमा भारतको सर्वोच्च अदालतले शनिबार निर्णय सुनाउँदै अयोध्याको वि-वादित जमिन हिन्दुहरूको भएको ठहर गरेको हो। यससँगै राम मन्दिर बनाउने बाटो खुलेको छ।

अदालतले मुस्लिमहरूलाई वैकल्पिक जमिन उपलब्ध गराउन आदेश समेत दिएको छ। प्रधानन्यायाधीश रञ्जन गोगोईले गरेको फैसलामा मुस्लिम पक्षलाई पाँच एकड जमिन छुट्टै ठाउँमा दिन केन्द्र सरकारलाई भनेका छन्।

भारतको सर्वोच्च अदालतलले अयोध्याको राम जन्मभुमीबारे ऐतिहासिक फैसला दिदै विवादास्पद भनिएको सोहि स्थानमा मन्दिर बनाउन मिल्ने गरि आदेश दिएको छ।

५ सय साल पुरानो विवाद तथा ७० बर्षदेखि अदालतमा चलिरहेको विवादलाई टुंगो लगाउँदै २ दशमलव ७७ एकड जमिनमा राम मन्दिरलाई दिन भारतको सर्वोच्च अदालतले आदेश दिएको छ।

अवको ३ महिनाभित्र राम मन्दिर बनाउने प्रक्रिया थाल्न एक ट्रस्ट बनाएर काम थाल्न पनि अदालतले आदेश दिएको छ। अदालतले विवादास्पद जमिन मुस्लिम तथा निर्मोही अ-ख-डा-लाई नबाड्न समेत आदेश दिएको छ।

यसअघी हिन्दु पक्षले तोडफोड गरेको बाबरी मस्दिजलाई अयोध्याभित्रै वैकल्पिक जमिन दिन आदेश दिएको छ। भारतका प्रधानन्याधिश रञ्जन गोगोइ सहितको ५ सदस्यीय वेञ्चले सर्वसम्मत रुपमा आदेश सुनाउँदै मुस्लिम पक्षलाई मस्जिद बनाउन ५ एकड जमिन दिन पनि भनेको छ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu