संघीयतालाई समुन्नत ढंगले अघि बढाउन राष्ट्रिय जनता पार्टी नेपालसँग पार्टी एकीकरण : भट्टराई

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार

काठमाडौं । समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकको संघीयतालाई समुन्नत ढंगले अघि बढाउन राष्ट्रिय जनता पार्टी, नेपालसँग पार्टी एकीकरण गर्न जोड दिइएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले जनजाति आन्दोलनमा आवद्ध पार्टीहरु र राष्ट्रिय जनता पार्टी, नेपालसँग पार्टी एकता गरेर मुलुकलाई भरपर्दो विकल्प दिन आफ्नो पार्टी लागि परेको दावी पनि गरे ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवद्वारा लिखित पुस्तक ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ को शुक्रबार काठमाडौंमा विमोचन गर्दै उनले पश्चागामी सोच भएका राजनीतिक दलहरुले शासन संचालन गरिरहेको भन्दै त्यसबाट मुलुकको संघीयतालाई बलियो बनाउन नसकिने दावी पनि गरे ।

भट्टराईले यादवद्वारा लिखित पुस्तक मुलुकको संघीयतालाई बलियो बनाउन भरपर्दो सन्दर्भ सामग्री हुने विश्वास पनि व्यक्त गरे ।

‘काँग्रेस र कम्युनिस्टहरुले लोकतान्त्रिक समाजवाद भन्दै आएका छन् । उनीहरुले लोकतान्त्रिक समाजवादी भनरेर कागका प्वाँख उखेलेर मयुरका प्वाँख राख्दा पुँजीवादको जन्म भयो ।,’ उनले भने, ‘हामी उन्नत समाजवादी लोकतन्त्रमा जानुपर्छ । हामी नयाँ विचारको प्रतिपादन गर्छौ ।’

उपेन्द्र यादवको नेतृत्वमा भएको मधेश आन्दोलनले समावेशी र समानुपातिक राज्य निर्माणमा मुख्य भूमिका खेलेको उनले चर्चा गरे ।

पुस्तकका लेखक तथा समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले कोही नहुनेको राज्य नै अभिभावक हुने खालको आफूहरुले समाजवादी लोकतन्त्रको कल्पना गरेको स्पष्ट पारे ।

‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’माथि राजनीतिक विश्लेकष डा. सुरेन्द्र केसी, राजनीतिक विज्ञ कृष्ण हाछेथु, डा. मुक्ति रिजाल र डा. हरिवंश झालगायतले टिप्पणी राखेका थिए ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu