अयाेध्या विवादबारे फैसला हुनुअघि भारतले गर्‍याे उत्तर प्रदेशसँग जाेडिएकाे नेपाली सीमा बन्द

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार

भारतले उत्तर प्रदेशसँग जोडिएका नेपाली सीमा बन्द गरेको छ । शनिबार बिहान सर्वोच्च अदालतले अयोध्या विवादबारे फैसला सुनाउनुअघि उत्तर प्रदेश सरकारले नेपालसँगको सीमा बन्द गर्ने निर्णय गरेको हो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यका उच्च सुरक्षा अधिकारीहरुसँगको छलफलपछि नेपालसँगको सीमा बन्द गर्ने निर्णय गरेका हुन् । आधिकारिक परिचय पत्रबिना कसैलाई पनि सीमामा ओहोरदोहोर गर्न नदिने उत्तर प्रदेशका गृह सचिव अविनाश अवस्थीले जनाएका छन् ।

मुद्दाको फैसला सुनाउने तयारी भएसँगै अयोध्यासहित उत्तर प्रदेशको सुरक्षा व्यवस्था क डा पारिएको छ । स्कूल तथा क्याम्पस दुई दिनका लागि बन्द गरिएको छ ।

अ-र्धसैनिक बलका झण्डै ४० हजार जवान राज्यभर तैनाथ भएका भारतीय संचार माध्यमले जनाएका छन् । फैसलालाई लिएर सामाजिक सञ्जालमा पनि नि ग रा नी क डा पारिएको छ ।

हिजोदेखि नै राम जन्मभूमि तर्फ जाने सबै सडकमा पैदल यात्रुलाई मात्रै हिँड्न दिइएको छ । राम मन्दिर–बाबरी मस्जिद वि-वादबारे भारतको सर्वोच्च अदालतले ४० दिन लामो सुनुवाई गएको अक्टोबर १६ अर्थात असोज १९ गते पूरा गरेको थियो ।

सर्वोच्चका प्रधानन्यायाधीश रञ्जन गोगोईले आउँदो मंसिर १ गते अवकास पाउने भएकाले त्यो भन्दा अगाडि नै सर्वोच्चले फैसला सुनाउने अपेक्षा गरिए अनुसार आज फैसला सुनाइन लागेको हो । राम मन्दिर–बाबरी मस्जिद सम्बन्धी फैसला ऐतिहासिक हुनेछ ।

राजनीतिक रुपले अति संवेदनशील राम मन्दिर र बाबरी मस्जिदको जमिनको स्वामित्वलाई लिएर विवाद रहँदै आएको छ । हिन्दू र मुस्लिम स म्प्रदायबीच अयोध्यामा रहेको यो भूमिलाई लिएर लामो समयदेखि वि-वा-द छ ।

हिन्दूले वि-वा-दास्पद भूमि राम जन्मभूमि भएको दाबी गर्दै आएका छन् भने मुस्लिमले बाबरी मस्जिदको भूमि भएको अ-डान राख्दै आएका छन् ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu