जापानमा पनि नेपाली माथी ट्रक आतंक, ट्रकको ठक्करले एक नेपालीको ज्यान गयो

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार

म्याग्दी : अध्ययनका लागि तीन महिनाअघि जापान गएका कास्की, हेम्जाका २६ वर्षीय चिरञ्जिवी गिरीको ट्रकले ठक्करबाट मृत्यु भएको छ।

जापानको सेन्दाइको मियागिनो वार्डमा साइकलमा जेब्रा क्रसिङ गरिरहेका चिरञ्जिवीलाई ट्रकले ठक्कर दिएको मोना सेन्दाई क्षेत्रीय कमिटीका उपाध्यक्ष सागर थापा बगालेले जानकारी दिए।

थापाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका गिरीलाई नजिकैको अस्पताल पु¥याइएको थियो। अस्पताल पु¥याउँदा चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए। ठक्कर दिने ट्रक ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। उपाध्यक्ष थापाले दिएको जानकारी अनुसार अहिले त्यहाँका प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ।

दुर्घटनाका कारण भएको मृत्युको केश भएकाले प्रक्रिया अलि लामो हुने र सोमबारसम्म घटनाको यथार्थ विवरण सार्वजनिक हुने बताइएको छ। गिरी गत जुलाईमा स्टुडेन्ट भिसामा जापान गएका थिए।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu