ब्राजिलका पूर्व राष्ट्रपति सिल्भा रिहा, हजारौं समर्थकले र्‍याली निकाले

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार

काठमाडौं । ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा अदालतबाट रिहा भएका छन् । अदालतको आदेशसँगै पूर्व राष्ट्रपति लुइज इनासियो रिह हुनुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

गत वर्ष इन्जिनियरहरुसँग घुस लिएको आरोपमा राष्ट्रपति लुइज इनासियोलाई आठ वर्षको जेल सजाय सुनाइएको थियो । एक अपराधिको पहिलो अपिल हराएपछि सर्वोच्च अदालतले दोषीलाई कैद आवश्यक पर्ने कानुन संसोधन गरेलगत्तै राष्ट्रपति लुइज इनासियोलाई रिहा गरिएको हो ।

अदालतको उक्त फैसलाले अन्य जघन्य अपराधमा जेल सजाय भोगिरहेकाहरुलाई फाइदा पुग्ने अधिकारीहरुले आशंका व्यक्त गरेका छन् ।

अदालतबाट रिहा भएलगत्तै लुइज इनासियोले आफूमाथि लागेको आरोप गलत सावित गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । उनको रिहा लगत्तै भएको र्‍यालीमा हजारौं समर्थक सहभागी भएको समाचारमा जनाइएको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu