इरानमा भूकम्प, कम्तीमा पाँचजनाको मृत्यु, १०० घाइते

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार

एजेन्सी । इरानको उत्तर–पश्चिम अजरबैजान प्रान्तमा गएको भूकम्पका कारण कम्तीमा पाँचजनाको मृत्यु भएको छ । १०० जना बढी घाइते भएका छन् ।

भागदौड मच्चिँदा धेरैजना घाइते भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । ३० भन्दा बढी घर भत्किएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार बिहान ५.९ म्याग्निच्यूडको भूकम्प गएको इरानको भौगर्भिक केन्द्रले जनाएको छ ।

भूकम्पलगत्तै ६० भन्दा बढी साना पराकम्पन गएको थियो ।

इरान भूकम्पीय हिसाबले जोखिमपूर्ण क्षेत्र मानिन्छ । यहाँ सन् २०१७ मा गएको ७ म्याग्निच्यूडको भूकम्पका कारण ६०० जनाको मृत्यु भएको थियो ।

यस्तै, सन् २००३ प्राचीन बाम क्षेत्रमा गएको ६.६ म्याग्निच्यूडको भूकम्पका कारण २६ हजारजनाको मृत्यु भएको थियो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu