गान्धी परिवारले पाउँदै आएकाे विशेष सुरक्षा फिर्ता लिइने

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार

भारतको केन्द्र सरकारले शुक्रबार कांग्रेस अध्यक्ष सोनिया गान्धी, राहुल गान्धी र प्रियंका गान्धी वाड्राको एसपीजी (विशेष सुरक्षा समूह) सुरक्षा हटाउने फैसला गरेको छ ।

यी तीनै जनाको चरणबद्ध रुपमा एसपीजी सुरक्षा हटाइनेछ । पूर्व प्रधानमन्त्री राजीव गान्धीको ह-त्या पछि पूरै गान्धी परिवारलाई एसपीजी सुरक्षा कभर दिने फैसला गरिएको थियो ।

जानकारीका अनुसार गृह मन्त्रालयको सुरक्षा समीक्षा कमिटीको बैठकले यो निर्णय लिएको हो । कमिटीको सिफरिसपछि अब गान्धी परिवारका सदस्यलाई एसपीजीको सट्टा सीआरपीएफ (केन्द्र आरक्षित प्रहरी बल) को जेड प्लस सुरक्षा प्रदान गरिनेछ ।

गृह मन्त्रालयको बैठकमा गान्धी परिवारको सुरक्षा समीक्षापछि गान्धी परिवारलाई धेरै खतरा नरहेको पाइएको छ । यही कारणले सुरक्षा संयन्त्रलाई बदल्ने फैसला गरिएको हो ।

गान्धी परिवारको एसपीजी सुरक्षा हटाउने फैसलापछि अब मात्र प्रधानमन्त्री नरेन्द्र मोदीसँग मात्र एसपीजी सुरक्षा रहने भएको छ । अहिले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी र गान्धी परिवारलाई मात्र एसपीजीको सुरक्षा प्राप्त थियो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu