स्वाधीन राष्ट्र नेपालको इतिहास शुरु भएको स्थान सिन्धुलीगढी(भिडियो सहित)

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार

समुद्री सतहदेखि करिव १४०० मिटर उचाइमा रहेको यस गढीबाट उत्तर सिमानामा तामाकोशी र भर्खर अन्माउन लागेको बेहुलीको नारीमा चाँदीको बाघमुखे चुराजस्तो गौरीशङकर हिमाल मुस्कुराइरहेको देखिन्छ । भने दक्षिण सीमानामा हरियाली वनजंगलले ढाकेको चुरेपहाड सँगै तराइका समथर भुमागहरु देख्न सकिन्छ । पूर्वी सीमानामा सुनकोशीले छेकारो मारेको छ । पश्चिम सीमानामा सलल बगिरहेको बागमती र मरिणखोलाको दृश्यावलोकन गर्न सकिन्छ ।

नेपाल र नेपालीको स्वाभिमान जोगाउने राष्ट्रकै एक महत्वपूर्ण स्थल सिन्धुलीगढीलाई दुईवटा गढीमा विभाजन गरेको पाइन्छ । जसलाई सानो गढी र ठुलोपौवा गढीको नामबाट चिनिन्छ । त्यस ठाउँमा भएका दुईवटा टापुहरुमा युद्धको समयमा सानो र ठुलो तोप राखेको हुनाले सानोगढी र ठुलोगढी नाम रहन गएको भनाइ छ ।

सिन्धुलीगढी युद्धको समयमा पुर्खाहरुको अदम्य साहस र वीरताका कारण आज नेपाल राष्ट्र छ जो यस सिन्धुलीगढी युद्धको चर्चाले प्रष्ट्याउँछ । वि.सं.१८२४ कातिक २४ गते इस्ट इण्डिया कम्पनिका कप्तान किनलकको नेतृत्वमा आएको २ हजार चार सय अंग्रजी फौजलाई राजा पृथ्वीनारायण शाह फौजका बंशु गुरुङको नेतृत्वको नेपाली फौज सिन्धुलीगढीबाट पराजित गरी भगाएको थियो । भने त्यसमा झण्डै एक हजार ६ सय अंग्रेज सेनाहरु हता-हत भएका थिए । अंग्रेजहरु विरुद्धको यो जित दक्षिण एसियाकै इतिहासमा पहिलो विजय थियो भने अंग्रेजहरुको पहिलो पराजय थियो ।

वि.सं. १८७३ मा सुरु भएको नेपाल अंग्रेज यू’द्घको समयमा सिन्धुलीगढीको साम’रिक महत्वलाई बुझेर तत्कालिन जनरल भिमसेन थापाले सिन्धुलीगढीमा कानूनी रुपमा एउटा स्थायी सैन्य छाउनीको व्यवस्था गरेका थिए । वि.सं. १८८६ माघमा नेपालका तत्कालिन जनरल भिमसेन थापा सपत्नी भक्तकुमारी देवीसहित सिन्धुलीगढीमा गारद सलामी लिएका थिए । यस्ताखाले विविध घट्नाक्रमबाटे सिन्धुलीगढीको महत्वलाई अझ बढि प्रष्ट्याएको छ ।

विश्वमा आफ्ना साम्रज्य फैलाउँदै हिँडेका अंग्रजी फिरन्तेहरुलाई पहिलो पटक युद्धमा व्रेक लगाएको थियो सिन्धुलीगढीको यु’द्धले । यसका कारण पनि सिन्धुलीगढीको यु’द्ध महत्वपूर्ण छ । यु’द्धको समयमा नेपालीहरुले प्रयोग गरेको स्थानीय हति’यारको प्रसंग झनै रोचक छ । उनीहरुले बारुला विच्काएर र ढुङ्गा खसालेर यु’द्धको अनैठो सीपको प्रयोग गरेका थिए त्यसमाथी जंगलमा भएको सिस्नोले पोलेर अंग्रेजहरुलाई कम सास्ती भएको थिएन ।

धरैजसो बारुलाले टोकेर भिरबाट खसि ज्यान गुमाएको भन्ने इतिहासमा उल्लेख छ । यदि तत्कालिन अवस्थामा अंग्रेजहरुले गढी पार गरेको भए सायद आज हामी स्वभामानी नेपाली हुने थियनाैँ होला इतिहास यहि वोल्छ । विश्वमा आफ्ना साम्रज्य फैलाउँदै हिँडेका अंग्रजी फिरन्तेहरुलाई पहिलो पटक यु’द्धमा व्रेक लगाएको थियो सिन्धुलीगढीको यु’द्धले ।

यसका कारण पनि सिन्धुलीगढीको यु’द्ध महत्वपूर्ण छ । यु’द्धको समयमा नेपालीहरुले प्रयोग गरेको स्थानीय हति-यारको प्रसंग झनै रोचक छ । उनीहरुले बारुला विच्काएर र ढुङ्गा खसालेर युद्धको अनैठो सीपको प्रयोग गरेका थिए । त्यसमाथी जंगलमा भएको सिस्नोले पोलेर अंग्रेजहरुलाई कम सास्ती भएको थिएन । धरैजसो बारुलाले टोकेर भिरबाट खसि ज्या’न गुमा’एको भन्ने इतिहासमा उल्लेख छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu