प्रदिप पौडेलको प्रमुख आथित्यमा जनसम्पर्क समिती इजरायलले डिसेम्बर १३ तारिखको दिन अन्तरक्रिया कार्यक्रम गर्ने

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार

नेपाली जनसम्पर्क समिती इजरायलले आगामी डिसेम्बर १३ तारिक शुक्रबारको दिन इजरायको तेल अभिबमा नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य एबम नेबिसंघका पुर्वअध्यक्ष प्रदिप पौडेलको प्रमुख आथित्यमा “नेपालको समृद्धिमा प्रबासी नेपालीको योगदान, बैदेशिक रोजगारी र चुनौतीका सम्बन्धमा नेपाली काङ्ग्रेसको भुमिका बिषयक खुल्ला अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रमको विशिष्ट अथितिमा नेपाली काङ्ग्रेस धादिङका सभापति एबम पर्यटन व्यावसायी टानका पुर्व अध्यक्ष रमेश धमला रहेको जानकारी जनसम्पर्क समिती इजरायलका महामन्त्री राज छत्कुलिले दिएका छन ।

उक्त कार्यक्रममा इजरायलमा रहनु हुने सम्पुर्ण पेशाकर्मी, बिद्यार्थी, सामाजिक ब्यक्ति तथा इजरायल लाई कर्म थलो बनाएर बस्नु हुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु उपस्थित हुन आग्रहपनि गरिएको छ ।

कार्यक्रमको भोलि पल्ट प्रमुख अथिति र विशिष्ट अथितिको साथमा बेत्लेखेम र डेड सिको भ्रमण पनि आयोजना गरिएको महामन्त्री छत्कुलीले बताएका छन् ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu