नेपाल मगर संघ, इजरायलले माघेसंक्रान्ती सांगीतिक साँझ आयोजना गर्ने, टंक बुढाथोकी र मनोज मगर इजरायल आउदै

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार

नेपालीहरुको राष्ट्रिय पर्व माघेसंक्रान्ती पावन अवसरमा गरिब,जेहेन्दार तथा बिपन्न बर्गका बालबालिकाहरुको सहयोगार्थ नेपाल मगर संघ , इजरायलको आयोजनामा माघेसंक्रान्ती सांगीतिक साँझ २०७६ हुने भएको छ ।

२०२० जनवरी शुक्रबार साँझ ७ बजे तेलभिब स्थित हगाना बेईतबरबुर १३५ को हलमा हुने उक्त सांगीतिक साँझमा नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु टंक बुढाथोकी र मनोज थापा मगरको साथै स्थानीय कलाकारहरुको धमाकेदार प्रस्तुतिहरु रहने आयोजकले जनाएको छ ।

सोहि माघेसंक्रान्ती सांगीतिक साँझ २०७६ मा इजरायलमा रहनुहुने सम्पुर्ण नेपालीभाषी दाजुभाई तथा दिदिबहिनीहरुलाई उपस्थितिको लागी अनुरोध पनि गरिएको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu