रास्कोट अ’स्पतालको सह्योगार्थ इजरायलबाट उठेको रु.१२ लाख रबिलाई हस्तान्तरण

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार

झापाली समाज इजरायलले आज काठमाण्डौमा रवि लामिछाने फाउण्डेशनलाई १२ लाख रुपैया सहयोग हस्तान्तरण गरेको छ । झापाली समाज इजरायलका अध्यक्ष संदिप भण्डारी, कोषाध्यक्ष निर्मला दाहाल पौड्ेल, अन्तराष्ट्रिय झापाली समाजका महासचिब खेमराज जमरकट्टेल लगायतका पदाधिकारीहरुले फाउण्डेशनका अध्यक्ष रवि लामिछानेलाई सो रकम हस्तारण गरेका हुन् ।


रवि लामिछाने फाउण्डेशनले मुलुककै दुर्गम कर्णाली प्रदेशको कालिकोटस्थित रास्कोट नगरपालिकामा निर्माण गर्न लागेको १५ शैयाको सामुदायिक अस्पताल भवन निर्माणका लागि सो सहयोग हस्तान्तरण गरेको हो ।

शिक्षा, स्वास्थ्य, खाद्यन्य तथा विकास लगायतका पूर्वाधारका हिसाबले समेत निकै पछाडी रहेको कार्णालीका जनतालाई स्थानीय स्तरबाट नै नितान्त मानविय सेवाका स्वास्थ्यमा स्थानीयको पहुच पुरयाउने उद्देश्यले सामुदायिक अस्पताल निर्माण गर्नलागिएको अस्पतालका निर्देशक मुकुल ढकालले जानकारी दिए ।
त्यहाँ गत बैशाखबाट स्थानीय एक व्यक्तिको घरको एउटा कोठा भाडामा लिएर हाल स्वास्थय सेवा उपलब्ध गराउदै आएको ढकालले जानकारी दिए ।

सोही अस्पताल भवन निर्माणका लागि रास्कोट नगरपालिकाले २ सय २२ रोपनी जग्गा उपलब्ध गराएको र सो जग्गामा हाल अस्पताल भवन निर्माणका लागि घडेरी सम्याँउने काम सकिएको निर्देशक ढकालले जानकारी दिए ।

मौषममा सुधार आए लगत्तै आगामी मंसिरबाट अस्पतालको भवन निर्माण कार्य अघि बढ्ने पनि ढकालले जानकारी दिए ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu