आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

अन्तर्राष्ट्रिय झापाली समाजको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा छत्र सुब्बा र महासचिवमा खेमराज कट्टेल निर्वाचित


  • स्वदेश नेपाल
  • सोम, अशोज २७, २०७६

अन्तर्राष्ट्रिय झापाली समाजको दोश्रो विश्व अधिवेशनबाट अध्यक्षमा छत्र सुब्बा र महासचिवमा सञ्चारकर्मी खेमराज जमरकट्टेल निर्वाचित भएकाछन् । झापाको बिर्तामोडमा भएको अघिवेसनबाट दुई वर्षे कार्यकालका लागि छत्र सुब्बाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।

दमकका स्थायि बासिन्दा जमरकट्टेल इजरायलमा बैदेशिक रोजगारको शिलशिलामा लामो समयदेखि कार्यरत रहेकाछन् । उनि केहि बर्ष यता सञ्चारकर्मीको रुपमा त्यहाँ कार्यरत रहदै आएकाछन् । हाम्रो दमक अनलाइन समेत उनले त्यहाँबाट सञ्चालन गर्दै आएको बताईएको छ ।

झापाको विर्तामोडमा हिजो असोज २६ गते आइतबार विहान सम्पन्न दोस्रो अधिवेशनबाट सर्वसम्मत निर्वाचित समितिको संरक्षकद्धयमा भवानी ओली र दिनेश पोख्रेल ,वरिष्ठ उपाध्यक्षमा दिपक खनाल, उपाध्यक्ष क्षेत्रीय संयोजक एशिया प्यासिफिक कृष्ण चापागाई, ओसियाना दिपक चुडाँल, यूरोप ललित न्यौपाने, अमेरिका मुकुन्द ढुंगाना चुनिएका छन् । यस्तै, सहसंयोजकहरुमा क्रमशः मध्यपूर्वबाट राजन कार्की, अमेरिका बादल भुजेल चुनिए ।

यसैगरि महासचिवमा खेमराज जमरकट्टेल र सदस्यहरुमा तिर्थराज कार्की, रिता थलङ र दुर्गा प्याकुरेल निर्वाचित भएको जनाईएको छ । नयाँ नेतृत्व चयन गर्न प्रमोद सिटौलाको संयोजकत्वमा रुपराज मैनाली र राजु थापा रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

‘सम्वृद्धि झापाका लागि अन्तर्राष्ट्रिय झापाली समाज’ भन्ने नाराका साथ भएको अधिबेशनको प्रदेश १ का आन्न्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका थिए ।

उद्घाटनका अवसर समाजले झापाको कमल गाउँपालिकामा रहेको बाढीपीडित मिस्त्री बस्तीका ९ परिवारलाई घर, कचनकवल गाउँपालिका र सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोडलाई एक ,एक वटा एम्बुलेन्स दिनुका साथै झापा गाउँपालिकास्थित भृकुटी आधारभूत विद्यालयमा भवन निर्माण गरि चाँवी हस्तान्तरण गरिएको थियो । आगामी वर्ष जिल्लाका विभिन्न क्षेत्रमा रु १ अर्व रुपैयाको सामाजिक काम गर्ने योजना समेत रहेको संरक्षक दिनेश पोख्रेलले वताए ।

अधिबेशनमा समाजमा आवद्ध दुई सय बढी प्रतिनिधि,पर्यवेक्षकको सहभागिता रहेको थियो । समाजले हालसम्म विश्वका ३४ देशमा आफना सञ्जाल विस्तार गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट