२३ बर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण निश्चित, यस्तो छ ‘सी’ को भ्रमण तालिका- ओली सरकारको ठुलो कुनैतिक सफलता

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार

चिनिया राष्ट्रपति सी जिङफिङको नेपाल भ्रमण मिति सुनिश्चित भएको छ । काठमाडौंबाट परराष्ट्र मन्त्रालय र बेइजिङबाट चिनिया विदेश मन्त्रालयले एकै पटक राष्ट्रपति सीको नेपाल भ्रमण मिति सार्वजनिक गरेका हुन् ।

चिनियां विदेश मन्त्रालयले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै सीको भ्रमणबारे औपचारीक जानकारी दिएको छ । चिनियां विदेशमन्त्रालयका प्रवक्ता हुव चुनिङका अनुसार राष्ट्रपति सीले अक्टोम्बर ११ देखी १३ सम्म भारत र नेपालको भ्रमण गर्ने कार्यक्रम छ । काठमाडौंबाट परराष्ट्र मन्त्रालयले समेत प्रेस विज्ञप्ती जारी गर्दै चिनिंया राष्ट्रपति सी को नेपाल भ्रमणको पुष्टि गरेको छ ।

यसअघि यही मितिमा सी को भ्रमण हुने समाचार सार्वजनिक भएपनि चीनबाट त्यसको आधिकारीक जानकारी आएको थिएन् । चिनियां राष्ट्रपति अक्टोम्बर ११ मा भारतको चेन्नई पुग्ने र त्यसपछि १२ मा सिधै काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

नेपाल र भारत दुवै देशमा एक –एक रात बिताएपछि १३ मा उनि वेइजिङ फर्कनेछन् । सीको भ्रमणको बेला नेपाल र चीनबीच धेरै परियोजनामा सम्झौता गर्ने कार्यक्रम छ । सरकारले उनको भ्रमणको भव्य तयारी गरेको छ ।

फाइल फोटो – राष्ट्रपति भण्डारीको चीन भ्रमण

नेपाल भ्रमणको क्रममा चिनियां राष्ट्रपति सी ले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतसंग भेटवार्ता गर्ने कार्यक्रम छ । चिनियां राष्ट्रपति सीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल जाने कार्यक्रम समेत छ ।

बुधबार बेइजिङमा आयोजित नियमित पत्रकार भेटघाटमा राष्ट्रपति सीले शुक्रबारदेखि आइतबारसम्म भारत र नेपाल भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयीङले घोषणा गरिन्। यसले विश्वमा नै अर्कै सन्देश जानेछ। नेपाल भारत चीन त्रिदेशिय सहकार्यको कुरा भइरहदा चिनियाँ राष्ट्रपतिले भारत र नेपालको भ्रमण गर्नु अर्थपूर्ण छ।

नेपालको अधिकतम सहकार्य भइरहेको मुलुक भारत पुगेर काठमाडौं आउने र दुवै मुलुकलाई उत्तिकै समय दिनुले पनि यस क्षेत्रको राजनीतिमा केही संकेत गर्ने परराष्ट्र अधिकारीले जनाए।

सीले अघिल्लो कार्यकालमा नेपाल भ्रमण गरेनन्। यसअघिका राष्ट्रपति हु जिन्ताओले आफ्नो दुई कार्यकालमा नेपाल सम्झेनन्। उनले अन्तमा झारा टार्न आफ्ना प्रधानमन्त्री वेन जियावाओलाई खाडी मुलुक जाने क्रममा पाँच घण्टाको लागि काठमाडौं पठाएका थिए।

नेपाल आउन लागेका सीको भ्रमणमा क्रममा केही दुई पक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने परराष्ट्रले जनाएको छ। सी र प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक भेटवार्ताका क्रममा केही दुई पक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुनेछन्। परराष्ट्रले ती सम्झौता र समझदारीबारे भने खुलाएको छैन।

तथापी चिनियाँ राष्ट्रपति सी चिनफिङसँग रेल, सडक, सुरुङमार्ग, जलविद्युत् परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा छलफल हुने छ। भौतिक पूर्वाधार तथा योजना मन्त्रालयबाट आठ, ऊर्जा मन्त्रालयबाट तीन, गृह र शिक्षा मन्त्रालयबाट एकएक योजनामा छलफल गर्ने गरी परराष्ट्रका उच्च अधिकारीहरू एजेन्डा तयारीमा व्यस्त छन्।

उनीहरूका अनुसार चीनले पूर्वपश्चिम रेलमार्गमा ठूलो सहायता घोषणा गर्ने तयारी रहेको छ। बेल्ट एन्ड रोड इनिसीएटिभ (बीआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार भइरहेको परराष्ट्र अधिकारीले जनाएका छन्।

चीनबाट २३ वर्षपछि यो स्तरको भ्रमण हुन लागेको हो। सन् १९९६ मा जियाङ जेमिनले नेपालको भ्रमण गरेपछि चीनबाट यो स्तरको भ्रमण भएको थिएन।

बिशेष श्रोतका अनुसार चिनियाँ राष्ट्रपतिको भ्रमणलाई ओली सरकारको सबै भन्दा ठुलो कुनैतिक सफलताको रुपमा लिएको चर्चा कुटनैतिक क्षेत्रमा चलेको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu