ढाका टोपी लगाएर अमेरिकी राजदुत बेरी यसरी भब्य रुपमा दशै मनाए

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलवार

नेपालका लागि अमेरिकी राजदुत र्‍यण्डि बेरीले नेपाली ढाकाको टोपी लगाएर धुम्धाम्सङ बडादशै मनाएका छ्न । मिसन उपप्रमुख मिक्कलेरसहित दूतावासको कर्मचारीहरुलाई टीका लगाईदिएको फोटो दूतावासको फेसबुक पेज्मा सार्बजनिक गरेका छन ।

अमेरिकी दूतावासको फेसबुक पोस्ट यस्तो छ

“तपाईंहरूको जीवन शुभआशिष, खुशी, मुस्कान, शान्तिले भरियोस्। नेपाल र विश्वभर यो अवसर मनाइरहनुभएका सबैमा विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना। राजदूत बेरी र मिशन उपप्रमुख मिक्कलेरले मिशन परिवारसँग यो शुभअवसर कसरी मनाउनुभयो भन्ने केही तस्वीरहरू यहाँ छन्।

केही दिन अघिन ढाकाटोपी लाएर छमछमी नाच्दै दशैं मनाए अमेरिकी राजदूतले (भिडियो)

काठमाडौंस्थित अमेरिकी दूतावासमा आयोजित दशैं विशेष कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी नेपाली गीतमा छमछमी नाचेका छन् ।

दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा राजदूत बेरी चलचित्र ‘बुलबुल’को ‘माया ओइ ओइ’ गीतमा नाचेका हुन् ।

ढाका टोपी लाएर कार्यक्रममा सरिक भएका राजदूत बेरीले दशैंको शुभकामना समेत दिएका छन् ।

अमेरिकी मिसन परिवारले आयोजना गरेको कार्यक्रममा अमेरिकन नागरिकहरू पनि नेपाली पोशाकमा उपस्थित भएका थिए ।

कार्यक्रममा नेपाली कला र संस्कृति झल्काउने विभिन्न गीत संगीतमा नाचगान गरिएको थियो ।

दशैं परम्परा र संस्कति मात्रै नभएर परिवार तथा आफन्तसँग रमाउने अवसर पनि भएको दूतावासको भनाइ छ ।

फोटो सभार अमेरिकी दूतावासको फेसबुक पेजबाट

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu