किराँत यायाेक्खाका सदस्य राई भन्छन्- यसकारण दशै मान्ने गरेकाे छु !

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलवार

किवाङ हाङ राई – दशै नया शासकले पुर्खाहरुलाई पराजित गरी आफ्नो बिजयमा मनाएको बिजय दशमी भन्दै, पुर्खाको रगत मुछेर लगाएको टिका भन्दै , दशै मान्न इन्कार गर्दा रामलीहांग र रिदामालाई फाँसी दिएको, हिन्दु चाँड जबर्जस्ती लादिएकैहो भन्दै केही मंगोल बर्ग दशै बहिस्कार गर्न बर्षको करिब १ महिना कराउदै आएको पनि २९ बर्ष भयो; यो बर्ष पनि यस्तै भईरहेछ : दिनको ५-१० मैसेज पाएकै हुन्छु ;त्यसैले

मेरो बिनम्र जवाफ
तत्कालिन नया शासकले बिजय हासिल गरेर बिजय गरेको उपलक्ष्यमा दशै मनाएको हो भने त्यो उस्को खुशी र अधिकार को कुरा हो, तिमीले हार्नु पो हुदैनथ्यो( त्यस हारबाट शिक्षा लिनु पर्ने होईन र ?), दशै मान्ने हुकुम लागु गरयो भने पनि नया शासकको अधिकार नै उस्को प्रजा भएको काराण मान्न कर लाग्थ्यो र लाग्यो तर यो यकिन छैन( तल ३ नं.हेरौ) ; म त्यो बिजयी शासक भएको भए म पनि आफ्नै शासन लगाउने थिए ; आज पनि नया सरकार गठन भएपछि नयां आदेश नीति आउने गरेकै छ ।

आज पनि जबर्जस्ती मान्नै पर्छ भनेर प्रहरी सेना लगाएर दबाव दिदैछ भने त्यस्को बिरोध हुन्छ गर्नु पर्छ : त्यस्तो भएको मैले समाचारमा सुनेको छैन :

आज लोकतन्त्र ल्याईसके, गणतन्त्र ल्याईसके : मौलिक हक र स्वतन्त्र ग्यारेन्टी गरिसकेको अवस्थामा दशै मान्नु नमान्नु तपाईको स्वबिचार हो;

म चाही निम्न कारणले दशै मान्छु
१) आफ्नो मान्यजन मान्ने असल चलन निरन्तरता दिनु; २) मान्यजनबाट सृष्टिकालदेखी पाउदै गरेको आशिष (सेतो टिका)पाउन, यो असल परम्परालाई निरन्तरता दिनु; ३) हिजो हाम्रो पुर्खा युद्दमा हारेकै हुन : युद्द जिते बापत नै बिजय दशै मानेको हो भन्ने यकिन ईतिहास छैन :

हामी शक्तिबिहिन निरही अवस्थामा छौ : शक्तिशालीहरु थप शक्तिको लागी शक्तिपिठहरुमा आस्थापुर्ण पुजा भक्ति गर्दैछन : शक्तिको देबीको पुजा गर्दा गल्ति कसरी हुन्छ ? आफै बिश्लेषण गरौ;
शक्ति प्राप्त गर्न म आफ्नो कुलदेवता देखी सबै सबै देव देवी भगवानहरुको सम्मान भक्ती र पुजा गर्छु :
शक्ति हासिल गर्नु ;

४) म आशुर होईन त्यसैले मान्छु -दशै आशुर(राक्षस) मांथी देबीको बिजयमा मनाईन्छ भन्ने मुख्य कथा( सिद्धान्त) मा मानिदैआएको हो म हामी आशुर( राक्षस) होईनौ : यसले तपाईलाई के असर गर्यो ? बिश्लेषण गरौ;

म देव पक्षधर हुँ , आशुर राक्षसी प्रवृतिमाथी बिजयी पाउनै पर्छ त्यो आशुर प्रवृतियाँ गत बर्ष निर्मला पन्तलाई होसको शिकार बनाउदै ज्यान लियो, यो बर्ष रोशनी शाहीमाथी खनियो : यस्ता राक्षसीपन पराजित गर्न दशैको आदर्श हो;

५) सत्यपक्षधर दशै मान्छु- असत्यमाथी सत्यको बिजय : हामी सधै सत्यबादी हौ :
हामी भित्र रहेको असत्य(बिकृति बिसंगति अगतिशिल) त्यागौ : पराजीत गर्दै प्रगतिशिल पथ भई अघि बढ्न दशैको आदर्श हो,

६) बहुजातिय, बहुभाषिक , बहुसास्कृतिक बहुधार्मिक मेरो देश,सबै धर्मावलम्बीहरुको चाँड मेरो आफ्नै चाँड : सहअस्तित्व, भाईचाराको लागी दशै मनाउछु ; साकेंन्वा साकेला मनाउन सबैलाई आह्वन गर्छु;

त्यसैले म दशै मान्छु : अनन्तकाल देखी मेरो पुर्खाले लाउदै आएको सेतो टिका लगाउछु : मेरो मान्यजनबाट आशिष लिन्छु : मेरो कनिष्ठ प्याराजनलाई आशिष दिन्छु ।

बहिसकारबादीहरु – मैले देखेको दशै बहिस्कार
केवल पुजा गर्न, मान्यजनको टिका लाउन मात्र बहिस्कार गरेका छौ

दशैको नाम असीमित मासु रक्सी बियर सेवन बहिस्कार गरेको छैनौ : मैले देखेको छु :

अन्तमा
“गज नैब अश्व नैब ब्याग्रं नैबच नैबच :
अजात पुत्रों बली : दैवों दुर्वल घातक “ अर्थात
जबसम्म तिमी निर्बल दुर्वल कमजोर रहन्छौ : तबसम्म दैवले पनि तिमीलाई नै घात गर्नेछ : शिंह झै शक्तिशाली बने देबीको बाहन हुनेछौ : सिकारी बांज झै दुरदृष्टि राखे CIA(America) को ट्रेडमार्क बन्नेछौ : रागों, बोको, सुंगुर झै रहीरहे काटिमाग्नेछौ, बली चढ़ाई माग्नेछौ : अर्थात सधै शासित भइरहनेछौ ।

(किवाङ हाङ राई , किरात राई यायाेक्खाका केन्द्रीय सदस्य, पूर्व एसएसपी, र हाल अधिवक्ता समेत हुन्)

-सार्वजनिकडटकमबाट

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu