गौरवयुक्त खुशीको खबर- रुसले बनायो युरोपकै सबैभन्दा अग्लो बुद्धको मुर्ति, त्यो पनि सुनैसुनको !

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलवार

विराट अनुपम – रुसले बुद्धको विशाल बुद्ध मूर्ति बनाएको छ। सुनको यो बुद्धमूर्तिलाई युरोपकै सबैभन्दा अग्लो भनिएको छ। पश्चिम रुसको काल्मिकिआ क्षेत्रमा बनेको बुद्ध मूर्ति साढे १२ मिटर अग्लो र ३० टन तौलको भएको रसिया टुडेले जनाएको छ।

आइतबार २ हजार हाराहारी सहभागी एक समारोहमा ‘शाक्यमुनि बुद्धको स्वर्ण मूर्ति’ अनावरण गरिएको समाचारमा जनाइएको छ।

करिब २ लाख ७५ हजार जनसंख्या भएको काल्मिकिआ क्षेत्र बौद्ध धर्मवालम्बी बाहुल्य क्षेत्र हो । इटहरीका पर्यटनकर्मी सुनिल भुसालले नेपाल भ्रमण वर्ष आउँदै गर्दा युरोपमा बुद्धको विशाल मूर्ति बन्नुले सकारात्मक सन्देश दिने बताए।

उनले भने, ‘रुसमा पनि बौद्ध धर्मका अनुयायी बाहुल्य राज्य रहेको जानकारी आएकाले उनीहरुलाई लुम्बिनी ल्याउन सरकारले प्रचार गर्न सक्छ।’ रुसमा रहेको नेपाली दूतावासले पहल गरेमा प्रचार सहज हुने भुसालको तर्क छ।

नेपाल समयबाट साभार

all photos credit instagram of lid.bas.nik.90

रसियाटुडेले उक्त न्युजलाई यसरी लेखेको छ :-

Europe’s largest Buddha statue unveiled in Russia

The largest Buddha statue in Europe, sitting at a whopping 12.5 meters high, has been unveiled in Kalmykia, western Russia.

The ‘Golden Abode of the Buddha-Shakyamuni’ weighs 30 tons and is the largest statue of the Maitreya Buddha (Buddha of the Coming) in Europe, according to TASS.

Over 2,000 people and several monks reportedly attended the Buddha’s unveiling ceremony in Lagan on Sunday. The huge gold statue was built using donations from Russian residents “and believers,” the press service reported.

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu