एनआरएन इजरायलको नयाँ समिति बन्यो- अध्यक्षमा अधिकारी र आइसीसी सदस्यमा ज्ञवालीको चयन

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार

तेल अविव- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) इजरायलले ०१९/०२१ को नया कार्यसमिति चयन गरेको छ ।

संघको छैठौं राष्ट्रिय अधिवेशनको लागि अध्यक्ष लगायत सचिव बाहेकको पदहरुमा कसैको पनि प्रतिद्वन्द्वीको रुपमा उमेदवारी दर्ता नपरेपछि शान्ता अधिकारी ज्ञवालीको नेतृत्वमा १५ पदहरुमा निर्विरोध चयन भएको हो।

निर्वाचन समितिले औपचारिक रुपमा कार्य समितिको पदधिकारीहरुको घोषणा छैटौ राष्ट्रिय अधिवेशनको तोकिएको मिती १४ सेप्टेम्बर (शनिबार)को दिन घोषणा गर्ने बताएको छ ।

नव निर्वाचित पदाधिकारीहरुमा आइसीसी सदस्य – विशाल ज्ञवाली, अध्यक्ष – शान्ता अधिकारी ज्ञवाली, बरिष्ठ उपाध्यक्ष – गणेश गिरि, उपाध्यक्ष – निलम गिरि, महिला उपाध्यक्ष – माला गोले तामाङ, महासचिव – श्रीकृष्ण भण्डारी, सह-सचिव – भरत बहादुर थापा, कोषाध्यक्ष – सुनीता भट्टराई, सह-कोषाध्यक्ष – अलि महमद मिया, महिला प्रतिनिधि – सुष्मा शाही (सुमी), पुरुष प्रतिनिधि – डी बी बुढाथोकी र सदस्यहरुमा अर्पना कुमारी चौधरी, राधा बास्तोला, सिन्धु पौडेल, सावित्री देवी सुनुवार रहेका छन् भने सचिब पद हाललाई खाली राखिएको छ ।

अध्यक्ष शान्ता अधिकारी र आइसीसी सदस्य विशाल ज्ञवाली ।

संघको छैठौं राष्ट्रिय अधिवेशनको लागि निर्वाचन समिति संयोजकमा सुवास खरेल, सचिव: खगेश्वर अधिकारी र सदस्यहरुमा बीबी लामा तामाङ, सुन्दर नेपाल र सन्दिप भण्डारीको ५ समिति तयार गरिएको थियो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu