तीजको सारी प्रतियोगितामा बिजेता बनिन् संगीता

प्रकाशित मिति : १५ भाद्र २०७६, आईतवार

तीजको अवसर पारेर आयोजना गरिएको मिस तीज सारी क्विन २०१९ फोटो कन्टेस्ट सम्पन्न भएको छ ।

परिकला मिडिया प्रा. लि डी थ्री अनलाईनले आयोजना गरेको फोटो कन्टेस्टको शनिबार भएको बिजेता घोषणा तथा पुरस्कार बितरण कार्यक्रममा संगीता उप्रेती लम्साल बिजेता बनिन् । त्यस्तै, फर्स्ट रनरअप श्रृजना पोख्रेल र सेकेन्ड रनरअप सर्मिला दाहाल भईन् ।
उनीहरुले क्रमश नगद ५ हजार, ४ हजार र ३ हजार सहित अन्य आकर्षक उपहार प्राप्त गरे ।

प्रतियोगिताबाट बेस्ट फोटोजेनिक अवार्ड भावना श्रेष्ठले प्राप्त गरिन् भने अर्गनाईज च्वाईस अवार्ड रश्मि रानाले प्राप्त गरिन् । आँफूहरुले फोटोसुट र बायोग्राफी भिडियो बनाएर फेसबुक पेज र युट्युबमा सार्बजनिक गरेको आयोजकका अध्यक्ष सुवास संकल्पले बताए । उनका अनुसार सोही पोस्टको लाईक शेयर र भिडियो भ्युजको आधारमा पहिलो, दोश्रो र तेश्रो छनौट गरिएको थियो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu