ईमान्दारीता र बफादारिताको लागि विख्यात ‘हाचिको’ बाट गौरादह नगरप्रमुखले सिकेको यो ब्रह्मज्ञान

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार

हाचिको बिश्व बिख्यात जापानी कुकुरको नाम हो। जसको ईमान्दारीता र बफादारिताको चर्चा संसारभर गरिने गरिन्छ। बर्षौ पहिलेको कथा हो हाचिकोका मालिक ‘हिदेसावुरोउ उएनो’ जो टोकियो बिश्व बिद्यालयका प्राध्यापक थिए। उनि जापानको राजधानि टोकियोमा रेहको सिवुया रेल स्टेशनबाट हरेक बिहान अफिसको लागि निस्कन्थे र बेलुका फर्किन्थे। हाचिको बिहान मालिकलाई स्टेशन सम्म छोड्न र बेलुका स्टेशनमा लिन जाने गर्दथियो। यो हाचिकोको दिनचर्या थियो।

एक बिहान सधै झै उसको मालिक कामको लागि निस्किए र बेलुकि फर्केर आएन। १९२५ मे १ का दिन उसको मालिक ‘हिदेसानुरोउ उएनो’ को हृदयघातका कारण मृ त्य भयो। आफ्नो मालिकलाई लिन स्टेशन गएको हाचिकोले आफ्नो मालिक पर्खि रह्यो तर मालिक आएनन्।

यसरी हरेक साझ आफ्नो मालिक आउने समयमा हाचिकोले आफ्नो मालिकलाई बाचुन्जेल प्रतिक्षा गर्यो। यस धर्तीमा करिव ११ बर्षको आयु बाचेको हाचिकोले लगातार ९ बर्ष सम्म आफ्नो मालिक फर्किएर आउने दिनको प्रतिक्षा गर्यो र प्रतिक्षामै आफ्नो जीवन समाप्त गर्यो।

यो पृष्ठभूमिमा देखिएको कुकुरको शालिक त्यहि अद्भुत कुकुर ‘हाचिको’ को सम्झनामा बनाईएको शालिक हो जसले यहि स्थानमा आफ्नो मालिकको प्रतिक्षामा प्राण त्यागे गरेको थियो। हाचिकोले आफ्नो मालिकलाई दर्शाएको प्रेम, सद्भाव, समर्पण र ईमान्दारीताको बखान आज संसारभर गरिन्छ। हाचिकोको सम्झनमा जापानमा बिभिन्न ठाउमा उसको शालिक निर्माण गरिएको छ। थुप्रै ठाउँहरु उसको नाममा नमाकारण गरिएको छ।

बिश्वभरबाट जापान आउने मानिसहरु टोकियोको सिवुया रेलस्टेशनमा रहेको हाचिकोको यो प्रतिमाको अघि फोटो खिच्छन। हाचिको आफ्नो ईमान्दारीताको लागि संसारभर चिनिएको छ। हाचिको कथामा आधारित रहेर चलचित्र, कथा र पुस्तकहरु बनेका छन। कुकुरको रुपमा जन्मिएपनि हाचिकोले संसारलाई ईमान्दारीताको पाठ सिकाएर गएको छ। उ यो धर्तिमा नभए पनि चर्चित छ र सदैव अमर छ।

गत हप्ता म लगायत हामी झापा जिल्लाका स्थानिय तहमा बिभिन्न जिम्मेवारीमा रहनुहुने साथिहरुको टोली जापानिज संस्था जाईकाको आयोजनामा जापानिज कृषि प्रबिधि तथा सिंचाई परियोजनाहरुको स्थलगत अवलोकन कार्यक्रमका निम्ति जापान पुगेका थियौ। जापानमा बिताएको १ हप्ताको समयमा हामीले धेरै नौला बस्तुहरुको अनुभव र शिक्षा लिने मौका पायौ। एक हप्ताको छोटो अवधिमा भेटिएका धेरै चिजहरु मध्ये मलाई घत लागेको एउटा बस्तु यहि हाचिकोको प्रतिमा हो र उसको प्रेरणादायि कथा हो। जसले ईमान्दारीता र समर्पणको पथमा दत्तचित्त रहन आजका मानवजातिमा प्रेरणा दिने गर्दछ।

आफ्नो मालिकप्रति बफादारीताको नमुना पेश गरेर हाचिकोले कुकुर जाति र मानवजातिको सामिप्याताको बृहत नमुना पेश गर्दै, आफुलाई स्नेह गर्ने र आफ्नो परवाह गर्ने आफ्नो मालिकप्रति ईमान्दार हुनुपर्छ भन्ने बोध गराएको छ।

हाचिको आज यो संसारमा छैन तर हाचिकोको ईमान्दारीताको तारिफ यस धर्तिमा युगौ युगसम्म गरिनेछ।

हाचिकोको प्रतिमा अघि अभिएर जापान भ्रमणको एउटा तस्बिरलाई स्मृतिमा कैद गर्ने क्रममा निर्जिव हाचिकोको प्रतिमाले म भित्र एउटा अठोट जन्माएको छ।

संसारमा जन्मिएका हामी नाशवान शरिरमा खोक्रो महत्कांक्षा लिएर बाच्छौ। हामी चर्चित हुन के सम्म गर्दैनौ। असलमा चर्चा सधै ईमान्दार र वफादारहरुको हुँदो रहेछ। त्यो पनि एक जुग हैन जुगौ जुगसम्म।

जसरी हाचिकोले बफादारिता निभाउनु पर्ने एउटा मालिक थियो। त्यसैगरी हामी राजनैतिक प्राणीहरुको मालिक भनेको हामीलाई स्नेह र बिश्वास गर्ने हाम्रा मतदाता, आम जनता हुन। हाचिकोले आफ्नो मालिकप्रति गरेको समर्पण, उसको ईमान्दिरीता र बफादारीताको कथाबाट मैले मलाई स्नेह र बिश्वास गरेर यहाँहरुले दिनुभएको ऐतिहासिक जिम्मेवारीको ईमान्दारीता पूर्वक निर्वाह गर्ने सकरात्मक उर्जा प्राप्त गरेको छु। म ईतिहास बनेर यहाहरुको मन मस्तिष्कमा बस्न सकौला या नसकौला, आफ्नो जीवनकालसम्म यहाँहरुको सारथि र सहयात्रि बनेर यहाँहरुले दिनुभएको जिम्मेवारीलाई शतप्रतिशत लगन र ईमान्दारीता निर्बाह गरिरहनेछु।

अन्तत: महान हाचिको जसले कुकुरको जन्म लिएर पनि यस धर्तिका सर्बश्रेष्ठ प्राणी हामी मानव जातिलाई ईमान्दारीताको शिक्षा दिएर यस धर्तिबाट बिदा भएको छ, म उसको आत्माको चीर शान्तिको कामना गर्दै, उसका अति स्नेहि मालिक हिदेसावुरो उएनोएँग उनको आत्माको मिलनको कामना समेत गर्दछु।

( रोहितकुमार शाह गौरादह नगरपालिका, झापाका नगरप्रमुख हुन्I)

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu