पाथीभरा देवीको दर्शन गर्न नीतेशको पैदल यात्रा

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार

झापा हल्दिबारीका एक युवकले ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गर्न विर्तामोडबाट पैदलयात्रा शुरु गरेका छन् ।

हल्दिबारी गाउँपालिका–१ का २० वर्षीय नितेश ओलीले विर्तामोडबाट २८३ किलोमिटरको दूरीमा रहेको पाथीभरा देवीको दर्शन गर्न बुधबारबाट यात्रा शुरु गरेका हुन् ।

उनले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० को लक्ष्यलाई सफल पार्ने सन्देशसहितको पाथीभारा देवीको दर्शन गर्न पैदलयात्रा शुरु गरेको बताए । एक साताभित्रमा हिँडेरै देवीको दर्शन गर्न पुग्ने लक्ष्य लिएका ओलीले गत वर्ष पनि पैदलयात्राद्वारा नै देवीको दर्शन गरेको बताए । उनले गत वर्ष विर्तामोडबाट पाथीभरासम्म पुग्न सात दिन र फर्कन छ दिनको लागेको बताए ।

उनलाई जिल्ला ट्राफिक कार्यालय विर्तामोडको कार्यालयबाट शुभकामनासहित स्थानीयले बिदाइ गरेका छन् ।
-रासस

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu