मङ्ल, फाल्गुन ६, २०७६
Tue, February 18, 2020

सबैले हेर्नै पर्ने भिडियोः हरेक दिन टोलभरीका कुकुरलाई मासुभात खुवाउने आमा, कुकुरसँग यति धेरै प्रेम हेर्नुहोस्


  • स्वदेश नेपाल
  • शुक्र, साउन २४, २०७६

काठमाडौं सोह्रखुट्टेकी पार्वती गुरुङ बिहान ४ बजे नै उठेर मासु भात पकाउँछन् । तर, त्यो आफ्ना लागि होइन । हरेक दिन पार्वतीले मासु भात पकाएर सडकका कुकुरलाई खुवाउँछिन् । यो क्रम वर्षौंदेखि चल्दै आएको छ । कुकुरप्रति पार्वती र उनका श्रीमान रामको अत्यधिक लगाव छ । उनीहरुलाई कुकुर भोकाउँदा पिरोलिन्छन् । हेर्नुहोस् भिडियोः

तिहारका बेला पूजा गरेर कुकुरलाई एकदिन मीठो मसिनो खुवाउनेहरु ढोंगी भएको पार्वतीको तर्क छ । प्रेम गर्न जाने कुकुर जति बफादार अरु कोही नहुने उनको बुझाई छ । कतिपयले पालेको कुकुर बुढो भएपछि सडकमा ल्याएर छोड्ने गरेको पाइन्छ । जुन पार्वतीलाई पटक्कै मन पर्दैन । सडकका कुकुरलाई खाना मात्रै होइन उनले उपचार पनि गर्ने गरेकी छन् । कुकुरको बन्ध्याकरणदेखि रेबिज भ्याक्सिन पनि दिँदै आएकी छन् उनले ।

सडकका झण्डै दुई सय कुकुरबाहेक उनको आफ्नै घरमा समेत तीन वटा कुकुर छन् । ती तीनैमा पनि यो दम्पत्तिको उत्तिकै स्नेह र लगाव छ । वरीपरीका कुकुरलाई खाना खुवाउँदा मासिक ५० हजार रुपैयाँ भन्दा बढी खर्च हुने गरेको पार्वती बताउँछिन् । जुन उनले युरोपमा रहेका आफ्ना आफन्तहरुसँगबाट जोहो गर्दै आएकी छन् । त्यसमा केही उनको आफ्नै योगदान पनि रहन्छ । हामी पार्वतीसँगै सोह्रखुट्टे र सामाखुशीका गल्ली डुल्यौं । र सँगै उनको घर फर्किएर यो कथालाई अझ खोतल्ने प्रयास गरेका छौं ।

प्रतिक्रिया