प्रदेश १ को इटहरीमा डेंगुको त्रास

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलवार

-नवीन गुरुङ

तरहरा,सुनसरी : डेङगु प्रकोप जनचेतना तथा रोकथाम कार्यक्रम संचालनका लागि इटहरी उपमहानगरपालिका वडा नं. २० का वडा सदस्य राम बहादुर गिरीको संयोजकत्वमा १३ सदस्यी कार्यसमिति चयन गरिएको वडा अध्यक्ष मणीराम श्रेष्ठले बताए ।

हाँसपोसा जनस्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा डेङगु रोग फैलाउने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियानसहित वडाका विभिन्न क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने वडा अध्यक्ष श्रेष्ठले बताए ।

उनले तरहरामा पनि यो रोगको सङ्क्रमित देखिसकिएको जानकारी गराए ।

उपमहानगरपालिकाले सङ्क्रमितको निशुल्क उपचार गरिदिने उनले जानकारी दिए ।

“कार्यसमितिले वडाभरि जनचेतना फैलाउने तथा रोकथामका निम्ति आवश्यक एक्शन लिन्छ ।”, संयोजक गिरीले भने ।

कार्यसमितिलाई वडाबाट कार्यक्रम संचालनका निम्ति सहयोग रहनेछ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu