बिपीलाई सम्झिदै जनसम्पर्क समिति इजरायलले आफ्नो स्थापनाको तेश्रो बार्षिक उत्सव मनायो

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार

नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति इजरायलले अस्ति शुक्रबार कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ३७ औ स्मृति दिवस तथा आफ्नो स्थापनाको तेश्रो बार्षिक उत्सव मनाएको छ ।

इजरायलको तेल अभिवमा सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व संस्थाका सभापति खगेश्वर अधिकारीले गरेका थिए । प्रमुख अतिथिमा संस्थाका प्रमुख सल्लाहकार डम्बर बहादुर गुरुङ र अतिथिहरुमा संस्थाका सल्लाहकार सुरेन्द्र प्रसाइ, अर्जुन पौडेल, भरत लामा, रमन अधिकारी रहेका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेसका संस्थापक नेता महामानव स्वर्गीय बिपि कोइरालाको फोटोमा माल्यार्पण गरि नेपाली जनसम्पर्क समिति इजरायलको स्थापना दिवसको अवसरमा केक काटेर उद्घाटन गरिएको थियो ।

महामन्त्री सुर्य रानाले उद्घोषण गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाकि उपसभापति नितु कार्कीले राखेकी थिइन् भने कार्यक्रममा सल्लाहकार सुरेन्द्र प्रसाईं, नेहा गुरुङ , सहमहामन्त्रीहरु प्रभा घिमिरे, इन्दिरा सुवेदी, महामन्त्री राज छत्कुली, उपसभापति गौरी माया सुवेदी र संस्थाका प्रमुख सल्लाहकार डम्बर गुरुङ ज्युले आ-आफ्नो मन्तब्य राख्दै बीपीको विचार आत्मा साथ गर्नु पर्नेमा जोड दिएका थिए ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu