इजरायलमा तीजको भव्य तयारी हुदै, उठेको रकम कर्णालीको रास्कोट अस्पताललाई प्रदान गरिने

प्रकाशित मिति : ३१ असार २०७६, मंगलवार

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पावन अवसरमा इजरायलमा यस बर्ष पनि गएका बर्षहरु जस्तै भव्य तीज विशेष कार्यक्रमको आयोजना गरिने भएको छ ।

झापाली समाज इजरायलको मुख्य आयोजना तथा इजरायलमा रहेका बिभिन्न संघ संस्थाहरुको आयोजनामा आगामी ३० अगस्त शुक्रवार तेलअभिव अवस्थित तेलअभिव युनिभर्सिटी हलमा ‘बृहत तीज महोत्सव’ कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

पछिलो समय चर्चित गीत गीत ‘बोल माया’ र ‘गलबन्दीकी चर्चित लोक गायिका शान्तिश्री परियार, चर्चित भर्सटाइल गायकद्वय प्रमोद खरेल, हिमाल सागर र चेतन सापकोटा साथमा पछिल्लो समय युवा जमातद्वारा मन पराइएकी चर्चित गायिका टिका प्रसाई गरी ५ चर्चित कलाकारहरुलाई एकै पटक एउटै मञ्चमा उतार्ने जमर्को गरेको आयोजकले यस पटक विगतमा आयोजना हुने गरेका अन्य कार्यक्रमका आहुने गरेका कमी कम्जोरीहरुलाई सुधार्दै दर्शकवृन्दको सुविधालाई विशेष जोड दिने तयारीमा रहेको झापाली समाज इजरायलकी प्रवक्ता देवी खरेल पाण्डेले बताउनु भयो । यसपाली दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाउने प्रमुख लक्ष्य रहेको बताउदै प्रवक्ता पाण्डेले विशेष त कार्यक्रम ढिला शुरु हुँदा अन्तिमसम्म आमन्त्रित कलाकारहरुले निर्धक्कका साथ आफ्नो प्रस्तुती दिन नपाउने गरेको तथ्यलाई मध्यनजर गरी कार्यक्रममा औपचारीक कार्यक्रमलाई छोट्याउदै कार्यक्रम अगाडि वताइने बताइन ।

रवि लामिछाने फाउन्डेसनले कर्णालीमा बनाउदै गरेको नमुना डिजिटल रास्कोट अस्पताल निर्माण सहयोगार्थ आयोजना गर्न लागिएको उक्त कार्यक्रमलाई थप आकर्षण प्रदान गर्न आयोजकले तिज फोटो प्रतियोगिताको समेत आयोजना गरेको छ । हाल सम्म ११५ जना वढि नेपाली दिदीवहिनीहरुले प्रतियोगितामा सहभागिता जनाइसकेका छन् भने आगामी १८ जुलाईसम्म प्रतियोगितामा सहभागिता जनाउन सकिने आयोजकले जनाएका छन् । प्रतियोगितामा प्रथम पुरस्कार सामसुमङको Galaxy A50 मोवाइल, द्वितिय पुरस्कार ५०० शेकेल र तृतिय पुरस्कार २५० शेकेल नगद प्रदान गरिने आयोजकले जनाएका छन् ।

झापाली समाज इजरायलको प्रमुख आयोजना, एनआरएनए इजरायलको संयोजकत्व र इजरायलमा रहेका निम्न लिखित संघ संस्थाहरु आयोजकको रुपमा रहेका छन् :

१.चितवन समाज, इजरायल २.भोजपुर समाज इजरायल ३, पर्वत समाज इजरायल ४, रुपन्देही सेवा समाज इजरायल ५, नारीका लागी नारी एक करोड एक रुपैया अक्षयकोष ६, प्रवासी सृजनशील महिला समूह इजरायल ७, नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायल ८, सहयोगी मनहरुको समाज इजरायल ९, इजरायल गोर्खा एसोशिएशन १०, हिन्दु जागरण अभियान इजरायल ११, ओम जन जागरण इजरायल १२, विश्व नेपाली साहित्य महासंघ शाखा इजरायल १३, अन्तराष्ट्रीय कलाकार समाज इजरायल १४, अन्तराष्ट्रीय नेपाली साहित्य समाज इजरायल १५, साहित्य चौतारी नेपाल इजरायल १६, मुक्तक प्रतिष्ठान इजरायल १७, प्रवासी नेपाली नागरिक समाज १८, जनसम्पर्क समिति इजरायलः नेका १९, प्रवासी नेपाली एकता समाज इजरायल २०, राष्ट्रीय तामाङ घेदुङ इजरायल ।

-एवाननेपालबाट

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu