२०४६ पछिको सबै नेताहरुको सम्पति छानबिन गरेर भ्रष्टहरुलाई जेल हाल्ने छौ – रबिन्द्र मिश्र (भिडियो)

प्रकाशित मिति : ३१ असार २०७६, मंगलवार

भारत र नेपाल एउटै सुरक्षा छातामा पर्‍यो भने के हुन्छ ? भनेर बिबिसीमा बहस चलेकै हो जसमा मेरो कुनै भूमिका छैन

“सन् २००२ को सेप्टेम्बरमा बिबिसी विश्व सेवाको मेन स्ट्रिमको एक टक शोमा ‘भारत र नेपाल एउटै सुरक्षा छातामा पर्यो भने के हुन्छ ?’ भनेर एक प्रश्न सार्वजनिक गरिएको थियो । जसको बारेमा मलाई थाहा पनि छैन र मेरो कुनै भूमिका पनि छैन किनकी म त नेपाली सेवामा काम गर्थे । बिबिसीमा ४२ वटा भाषा शाखाहरु छन् जहाँ एकले अर्को शाखामा हस्तक्षेप गर्न मिल्दैन थियो । नेपालको परराष्ट्र मन्त्रालयले नै विरोध गर्दै पत्र लेख्यो बिबिसीलाई र बिबिसी विश्व सेवाले पनि त्यसमा माफी माग्दै शिर्षक नै चेन्ज गरेर Should Nepal develop closer ties with India ? भनेर राख्यो जुन अहिले पनि गुगल गरेर खोज्दा भेटिन्छ ।”

माथिको उक्त जवाफ हो साझा पार्टीका संयोजक तथा बिबिसी नेपाली सेवाका भूपू प्रमुख रबीन्द्र मिश्रलाई टीकाराम यात्रीले सोधेको “नेपाललाई स्वतन्त्र राख्ने कि भारतमा विलय गराउने भन्ने बिषयमा बिबिसी विश्व सेवा बहस चलाउने तपाई अहिले नेपालको पिडा महसुस गर्नु त्यो त गोहीको आँशु भएन र ?” यो प्रश्नको । जुन सम्बाद तलको भिडियोको ३० मिनेटपछि हेर्न सकिन्छ ।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रसंग बैकल्पिक पार्टी निर्माणको सकसदेखि मुलधारको राजनीति तथा नागरिकप्रतिको उनको तिखो टिप्पणी लगायत कुटनीतिक मर्यादा नाघ्दै दुतावासको नाजायज सक्रियताको बारेमा केन्द्रीत हुदै तमसोमा ज्योतिर्गमयको लागि टिकाराम यात्रीले गरेको कुराकानी ।

नेता मिश्रका केहि धारणाहरु यस्तो छ “समग्रमा भन्नु पर्दा हाम्रो पुस्ताले आजको युवा पुस्तामाथि अपराध मात्र होइन, मानवताविरुद्धको अपराध गरेको छ।”

दूताबासले गगन थापालाई दिएको विशेषणबारे रविन्द्र मिश्रको टिप्पणी – विकिलिक्सको जवानामा संभावना बोकेका एकजना नेता गगन थापालाई ‘a close embassy contact’ भनेर विशेषण प्रयोग गर्नु अकूटनीतिक कार्य हो।

सन् २००९ मा नेपाल फर्किएदेखि नै भिसा लिनबाहेक किन मैले कुनै पनि दूतावासको परिसरमा पाइला पनि राखेको छैन ।

यो देश बदल्न राजनीतिमात्र होइन, नागरिकको चरित्र पनि बदलिन किन जरूरी छ ।

स्टकहोम सिन्ड्रोम- पुराना दलहरुले नेपाली समाजमको ठूलो हिस्सामा Stockholm Syndrome विकास गरिदिएका छन्, जसमा अपहरित व्यक्तिले अपहरणकर्तासँग गहिरो सम्वन्ध विकास गर्छ र ऊप्रति दयाभाव राख्छ। आफूमाथि गम्भिर घातको संभावना भएपनि पीडितले पीडकसँग बलीयो भावनात्मक सम्वन्ध विकास गरेको हुन्छ।

हेर्नुहोस भिडियो

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu