नेपालको राहदानी विश्वका सबैभन्दा कमजोर राहदानीमध्ये परेको छ। विश्वका शक्तिशाली राहदानीको र्याङ्किङ्मा नेपाल अन्तिमबाट चौथो स्थानमा रहेको छ। भने नेपालभन्दा कमजोर राहदानी भएका जम्मा ९ वटा देशमात्रै छन्।
विश्वका सबैभन्दा शक्तिशाली, सबैभन्दा कमजोर र मध्यमस्तर सबै खालका राहदानीको शक्ति मापन गर्ने हेन्ली राहदानी इन्डेक्सले यस्तो रिपोर्ट हालसालै सार्वजनिक गरेको हो।
विश्वका १०९ देशका राहदानीको शक्तिको तुलना गरेर शक्तिको मापन गरेको रिपोर्टको सबैभन्दा अगाडि १ नम्बरमा जापान र सिंगापुर जस्ता एसियाली देशहरु छन्। सबैभन्दा कमजोर १०८ र १०९ नम्बरमा पनि एसियाकै देशहरु क्रमशः इराक र अफगानिस्तान रहेका छन्।
सन् २०१९ मा विश्वका विभिन्न देशहरुको राहदानी बोक्दा कति देशमा सहज प्रवेश पाइन्छ भन्ने आधारमा गरिएको सर्वेक्षणमा नेपाल दक्षिण एसियाको बंगलादेश भन्दा कमजोर राहदानी भएको मुलुक भएको सार्वजनिक भएको पाइएको छ। नेपाली राहदानी बोकेर ३८ देशमा सहज प्रवेश पाउने बताइएको छ भने बंगलादेशको राहदानीले भने ३९ देशमा सहज प्रवेश पाउने बताइएको छ।
दक्षिण एसियामा नेपाल भन्दा कमजोर राहदानी भएका मुलुकहरुमा पाकिस्तान र अफगानिस्तान मात्रै रहेका छन्। पाकिस्तानको पासर्पोटबाट ३० र अफगानिस्तानको राहदानीबाट २५ देशमा सहज प्रवेश पाउने बताइएको छ।
दक्षिण एसियाका सबैभन्दा शक्तिशाली राहदानी हुने देश भने ९२ देशमा सहज प्रवेश पाउने भुटान भएको छ। भुटानपछि माल्दिभ्सको राहदानीलाइ ८४ देशमा सहज प्रवेश पाउने देश भएको छ। नेपाल भन्दामाथि रहेका भारत र श्रीलंकाको राहदानीले पनि क्रमशः ५८ र ४२ देशमा सहज प्रवेश पाउछन्।
ग्लाेबल र्यांकिङ् हेर्न यहाँ क्लिक गर्नुहाेस्
संसारका सबैभन्दा कमजोर दश राहदानी १. कोसोबो (४१) २. बंगलादेश, एरिट्रिया, इरान, लेबनन, उत्तर कोरिया (३९ देश) ३. नेपाल (३८ देश)
४. लिबिया, प्यालेस्टाइन, सुडान (३७ देश) ५. येमन (३३ देश) ६. सोमालिया (३१ देश) ७. पाकिस्तान (३० देश) ८. सिरिया (२९ देश) ९. इराक (२७ देश) १०. अफागानिस्ता (२५)
संसारका सबैभन्दा शक्तिशाली १० राहदानी- सबैभन्दा कमजोर ९ राहदानीमा एसियाबाट ४ वटा परेका थिए । सबैभन्दा शक्तिशाली राहदानीमा पनि एसियाबाटै टप तीनमा परेका छन। पहिलो नम्बरमा जापान र सिंगापुर परेका छन भने दोश्रो नम्बरमा फिनल्यान्ड र जर्मनिसँगै दक्षिण कोरिया सबैभन्दा शक्तिशाली राहदानी हुने मुलुकमा परेको छ।
१. जापान, सिंगापुर (१८९ देश) २. फिनल्यान्ड, जर्मनि, दक्षिण कोरिया (१८७ देश) ३. डेनमार्क, इटाली, लक्जमबर्ग (१८६ देश) ४. फ्रान्स, स्पेन, स्विडेन (१८५ देश) ५. अस्ट्रीया, नेदरल्यान्ड, पोर्चुगल, स्विजरल्यान्ड (१८४ देश) ६. बेल्जीयम, क्यानडा, ग्रिस, आयरल्यान्ड, नर्वे, बेलायत, अमेरिका (१८३ देश) ७. माल्टा (१८२ देश) ८. चेक रिपप्लीक (१८१ देश) ९. अस्ट्रेलिया, आइसल्यान्ड, लिथुआनिया, न्यूजिल्यान्ड (१८० देश) १०. लात्भिया, स्लोभाकिया, स्लोभानिया (१७९ देश)
-नेपालसमयबाट

