छबि ओझाबाट असुरक्षित भएको भन्दै शिल्पा पोखरेलले दिइन् प्रहरीमा उजुरी

प्रकाशित मिति : २५ असार २०७६, बुधबार

छबी ओझावाट आफुलाई असुरक्षा बढेको भन्दै अभिनेत्री शिल्पा पोखरेलले प्रहरीमा निवेदन दिएकी छन् । लामो समय देखि नजिक रहेका उनीहरुको औपचारीक विवाह भने भएको छैन । केही समय देखि उनीहरुबीच सम्बन्धमा चिसोपन आएको हल्ला बाहिरीएको थियो । अहिले भने शिल्पाले छविबाटै असुरक्षा भएको भन्दै उजुरी समेत दिएपछि उनीहरुबीचको सम्बन्ध छताछुल्ल भएको हो । छवी चलचित्र निर्माता हुन् भने उनी अभिनेत्रीको रुपमा कार्यरत छन् । केही समय अघि देखि उनीहरुबीच खटपट भएको थियो ।

पोखरेलले श्रीमानबाट असुरक्षित भएकाले भन्दै शान्ति सुरक्षा पाऊँ भन्दै उजुरी दिएको प्रहरीले पुष्टि गरेको छ । उनले छबीलाई श्रीमान भनेर सम्बोधन गरेकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले सो कुराको पुष्टि गर्दै घटना बुझ्ने काम भइरहेको बताएका छन् । प्रहरीका अनुसार दुवैजनालाई बोलाएर उजुरीबारे बुझ्ने क्रम चलिरहेको छ । प्रहरीले घटनाबारे बुझ्न छवी र शिल्पा दुवैजनालाई प्रहरी कार्यालय बोलाएको थियो ।

नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौथो श्रीमतीका रुपमा छवीको परिवारमा मिसिएकी हुन् । शिल्पा र छविराजले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेको बताइएको छ । अहिले सम्म विवाहलाई लुकाएर बसेका उनीहरुको सम्बन्धमा एकाएक खटपट परेपछि अहिले बाहिर आएको छ । तर, गत वर्ष मात्र निर्माता छविराज ओझाले आफूहरुले बिबाह गरिसकेको जानकारी गराएका थिए ।

म्युजिक भिडियोमा काम गरिरहेकी शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’ मार्फत् यस क्षेत्रमा डेब्यु गराएका थिए । उक्त चलचित्रको समयदेखि नै नजिकिएका उनीहरुले गोप्य विवाह गरेका हुन् । त्यसयता शिल्पाले छविराजको ‘हवलदार सुन्तली’, ‘मंगलम’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् । शिल्पासँग बिबाह गर्नुअघि छविराजका तीन जनासँग बिबाह भइसकेको छ । रेखा थापा छविराजको तेस्रो श्रीमती थिइन् ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu