प्रधानमन्त्रीले लण्डनबासी नेपालीलाई भने, ‘सीप र सम्पत्ति लिएर नेपाल फर्किनुहोस्’

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार

बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली लण्डनस्थित नेपाली राजदूताबासमा आयोजित कार्यक्रममा सरिक भएका छन्।
दूतावासमा उपस्थित सयौं नेपालीलाई सम्बोधन गर्दै उनले वेलायतमा कमाएको सीप, ज्ञान तथा सम्पत्ति लिएर नेपाल फर्किन आह्वान गरेका छन्।

सन् १८१६ मा शुरु भएको दुई देशबीचको औपचारिक दौंत्य सम्बन्ध आफ्नो भ्रमणले अझ प्रगाढ भएको प्रधानमन्त्रीले दाबी गरे। ‘बेलायत हाम्रो अप्ठ्यारो परिस्थितिको साथी हो’, दुई देशबीचको सम्बन्ध व्याख्या गर्दै उनले भने। आफ्नो बेलायत भ्रमण सफल भएको उनले दाबी उनको थियो।

प्रधानमन्त्री ओलीले नेपालीहरु वीर हुन् भन्ने कुरा बेलायतले सबैभन्दा पहिले चिनेको जनाउँदै गोर्खालीहरुको कर्तव्य, निष्ठा र अनुशासासित भएको चर्चा गरेका थिए। ‘नेपालीहरु जहाँ बस्छन्, त्यहीँको संस्कृति, भाषा र परम्पराको सम्मान गर्ने विशेषता छ’, सयौं नेपाली उपस्थित कार्यक्रममा उनले भने, ‘जहाँ बसे पनि नेपाललाई माया गर्नुहोस् र अन्तत नेपालै फर्किनुहोस्।’ वेलायतमा सिकेको सीप, ज्ञान, कमाएको धन लिएर नेपाल फर्किन उनले आग्रह गरेका हुन्।

प्रधानमन्त्री ओलीको सम्मान र स्वागतका लागि बेलायतका विभिन्न शहरहरुबाट सयौं नेपालीहरु लण्डनस्थित नेपाली राजदूताबासमा उपस्थित भएका थिए। उनी वेलायत भ्रमण पूरा गरी फ्रान्सतर्फ लागेका छन्।
-नेपाल खबर

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu