राजदरबार हत्याकाण्डका मतियारहरूले नै सत्ता कब्जा गरेका छन्- भरत दाहाल

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलवार

दरबार हत्याकाण्डका योजनाकार र मतियारहरु जति जति संकटमा फस्दैछन्, सो षडयन्त्र पर्दाफास हुने डरले दीपेन्द्रमाथि औंला उठाएर भाडाका मानिसहरुलाई प्रायोजित कथा लेखाउने उपक्रमहरु बढ्दैछन्। जसले सो घटनामा दीपेन्द्रको संलग्नता देखाउँछन्, ती सबै किनिएका अपराधिहरु हुन् भन्ने यथार्थतालाई बलियोसंग आत्मसात गर्नु पर्दछ। दरिद्रहरुलाई पैसा दिएर उनीहरुको नाममा कथा छपाईन्छ।

योजना विदेशीको हो तर हत्याराहरु यहींका हुन्। यस्ता अपराधहरु सय बर्षपछि पनि खुल्छन् र दरबार हत्याकाण्ड पनि खुल्नेछ। यतिबेला जुन कुतत्वहरुले सत्ता कब्जा गरेर बसेका छन्, यीनीहरु पनि हत्याकाण्डका मतियारहरु हुन् भन्ने कुरा यीनीहरुले घटनाको छानबिनमा देखाउँछ। राजनीतिक वृत्तमा पुष्पकमल, बाबुराम, माधव नेपाल, पशुपति सम्शेर र तात्कालिन सैनीक नेतृत्वलाई यसको पूरापुर जानकारी छ।

दरबार हत्याकाण्डबाट नै नेपाललाई विदेशीहरुको हातमा बुझाईएको हो। त्यो घटनालाई सामान्य रुपमा लिनु हुँदैन र यसबारेमा उदासिनता देखाउने अपराधिहरुलाई पनि छोड्नु हुँदैन। ज्ञानेन्द्र शाहलाई हत्याको आरोप लगाएर वक्तब्य दिनेहरु अहिले सत्तामा विराजमान छन्। हत्याराहरुमाथि कार्वाही गर्न यीनीहरुसंग दुईतिहाईको बहुमतको सरकारको शक्ति छ। छानबिन नगर्ने हो भने पहिले यीनैहरुमाथि कार्वाही गर्नु पर्दछ।

दरबार हत्याकाण्डबारे भिडियाे हटाउन लगाईयाे

सगरमाथा टिभीकाे करेन्टन्युजमा दरबार हत्याकाण्डका बारेमा प्रसारण भएकाे समाचार साे टीभिकाे यू-ट्यूव च्यानलबाट हटाउन लगाईएकाे छ। समाचारमा रअ माथिकाे संकाबारे चर्चा गरिएकाे थियाे।

दीपेन्द्रमाथि आराेप खन्याएर पन्छिन खाेजेका हत्यारा र तिनका मतियारहरू निकै आतंकित हुँदै गएका छन्। दबाब दिएर भिडियाे हटाउन लगाईएकाे तथ्यले शासक वर्ग हत्याकाे मतियार हाे भन्ने प्रष्ट हुन्छ।

-दाहालको फेसबुकबाट

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu