इटालीमा लगातार बान्तापछि अस्पताल भर्ना भएका नेपालीको निधन

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार

रोजगारीका लागि इटाली गएका एक नेपाली युवकको निधन भएको छ। स्याङ्जा स्थायी घर भइ डेढ बर्षदेखि दक्षिण इटालीको फोज्जिया प्रान्तमा बस्दै आएका २९ वर्षीय शोभितबहादुर विश्वकर्माको क्यान्सर रोगको उपचारका क्रममा गत शुक्रबार निधन भएको हो।

लगातार बान्ता भएपछि अस्पताल भर्ना भएका उनको उपचारका क्रममा क्यान्सर रोग देखिएको थियो । हाल मृतकको शव नेपाल पठाउने प्रक्रिया सुरु गरिएको स्विट्जरल्याण्डस्थित नेपाली दूतावासले जनाएको छ।

स्वर्गिय विश्वकर्माको परिवारले शदगत नेपालमै गर्ने इच्छा देखाएपछि शव नेपाल पठाउने प्रक्रिया थालिएको दूतावासले जनाएको छ।
-डिसी नेपाल

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu