लभ हार्मोनले जनावर पनि बन्छन् प्रेमी

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार

बीबीसी । आक्सिटोसिन हार्मोन स्तनधारी जीवमा हुने गरेको छ । यो हार्मोनले नै हामीलाई मायाको महसुस गराउने गर्दछ । दोस्रोसँग मिलजुलको लागि आक्सिटोसिन हार्मोनले प्रेरित गर्दछ । दुई जनाबीच भरोसा यही हर्मोनले सिर्जना गर्ने हो । आक्सिटोसिनले नै आमा र बच्चाको बीचमा बलियो सम्बन्ध कायम गरिदिन्छ । यसैले गर्दा आक्सिटोसिनलाई लभ हार्मोन पनि भन्ने गरिएको छ । अर्को तर्फ जीवहरुमा पनि आक्सिटोसिनको असर देखिएको पाइन्छ ।

कुकुरमा बढी हुन्छ यो हार्मोन
जब कुकुर कुनै मानिसको नजिक पुग्छ त्यतिबेला शरीरबाट आक्सिटोसिनले असर गर्ने गर्दछ । यसैका कारण कुकुर र मानिसबीच मजबुत सम्बन्ध हुने गरेको छ । रिसर्चले साबित भएको छ कि कुकुरमा बिरालोको तुलनामा पाँच गुणा बढी अक्सिटोसिन निस्कने गर्दछ ।
बाँदरको तौल बढाइदिन्छ ।

ad ad ad
मध्य र दक्षिणी अमेरिकामा पाइने मार्मोसेट र टमारिन बाँदरको तौल आक्सिटोसिनका कारणले बढी हुने गरेको छ । जब मादा बाँदर गर्भवति हुन्छ त्यो बेलामा नर बाँदरको तौल दुःखका कारण बढ्न जान्छ । किनकी नर आफ्नो मादासँग नजिक महसुस गर्दछ । यो आक्सिटोसिनको कारणले नै हो । नर बाँदरको आक्सिटोसिन बाहेक ओएस्ट्रोजेन र प्रोलिक्टिन हार्मोन पनि निस्कने गर्दछ । नतिजा यो हुन्छ कि जब मादाले बच्चा जन्माउँछ त्यतिबेला नरले दूध पिलाउन मद्यत गर्दछ ।

मियरक्याटलाई परोपकारी बनाइदिन्छ

मरुभूमिमा पाइने स्तनधारी जीव मीयरक्याट आक्सिटोसिनको असरले दोस्रोको भलाईको कुरा धेरै सोच्ने गर्दछ । मीयरकट समूहमा रहन्छ । उनीहरु मिलेर हिंड्छन् । अनि खतराको सामना पनि संयुक्त रुपमा गर्छन् । एक अर्काको बच्चालाई उनीहरुले ख्याल गर्ने गर्छन् । उनीहरुको साह्रोगाह्रोमा मद्यत गर्छन् ।

अफ्रिकाका एक वैज्ञानिकले गरेको प्रयोगमा मीयरकट अर्कोको बारेमा ज्यादा बढी चिन्तित रहेको पाइए । उनीहरु अरुको रेखदेखमा बढी ध्यान दिन थाले । उनीहरुको रिस कम भएर गयो । बच्चाहरुको साथ उनीहरु धेरै समय बिताउन थाले । उनीहरु आफ्नो भागको खानापनि बच्चालार्ई दिइरहेका थिए । उनीहरु आफ्नो भन्दा पनि अरुको खानाको जोहोमा बढी खटिएको देखिएका थिए ।

किरामा देखिन्छ असर

बेलायतमा पाइने एक बिटल कीरामा जब आक्सिटोसिनको असरबारेमा प्रयोग गरियो त्यतिबेला आश्चर्यजनक अवस्था देखियो । उनीहरु आफ्नो बच्चालाई धेरै ख्याल गर्दै गरेको अवस्थामा देखिए ।उनीहरु जहाँ खानेकुरा लुकाउने गर्थे, त्यहाँ उनीहरुले आफ्ना पोथी कीरालाई लिएर गए । जब बच्चाको जन्म हुन्छ उसलाई तुरुन्तै खाना मिलोस् भन्ने उदेश्यले नै त्यसरी लगको हो । कीराको लार्भा भोकै भएर आमा बाबुको खुट्टामा कोतर्न आइपुग्छन् । त्यसपछि आमा बाबुले उनीहरुलाई खानेकुरा दिने गर्छन् ।

मुसाको रंगीन शैली
अमेरिकाको मैदानी इलाका प्रेयरीमा पाइने मुसा एकनिष्ठ हुन्छन् । उनीहरु एकै साथीका साथ जीवन बिताउँछन् । आफूबाट पैदा भएको बच्चाको ख्याल गर्छन् । अर्को चरागाहमा पाइने मुसा आंशिक खालका हुन्छन् । उनीहरु थुप्रै मादासँग सम्बन्ध बनाउँछन् । बच्चाको थोरै पनि ख्याल गर्दैनन् । उनीहरुलाई आफ्नै साथीको पनि कुनै परवाह हुँदैन । वैज्ञानिकहरु यसलाई आक्सिटोसिन्को असर भएको बताउँछन् ।
जब मुसालाई बन्द स्थानमा पालिन्छ, यसले गर्दा उनीहरुको ब्लडप्रेसर कम हुन्छ । किनकी उनीहरु आफ्नो आमा बाबुले भेट्न नसक्ने स्थानमा हुन्छन् । यसलाई आक्सिटोसिनको असर भन्ने गरिएको छ । जो ब्लड प्रेसर कम गर्नमा सहयोगी हुन्छन् । साँँच्चै नै जादूको रुपमा यसले असर गरेको हुन्छ ।
(बीबीसीबाट)

 

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu