ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग श्रीसूर्य उत्तरायण ,वसन्तर्तुः, परिधावी नाम संवत्सर,शाके १९४१,सम्वत २०७६ साल वैशाख १६ गते सोमबार नेपाल सम्बत ११३९ चौलागा तदनुसार सन् २०१९ अप्रिल २९ तारिक कृष्णपक्ष दशमी तिथि राती ९ वजेर ५६ मिनेटसम्म, धनेष्ठा नक्षत्र विहान ५ वजेर ३८ मिनेटसम्म, ब्रह्मयोग, वणिजकरण, आनन्दादियोग शुभ, सूर्य मेष राशीमा, चन्द्रमा कुम्भ राशीमा ।
मेषः– घर परिवारबाट सहयोग पाईनेछ । घरमा जमघट बढ्नेछ । भौतिक सम्पति बढ्नेछ । आम्दानीका नयाँ क्षेत्र फेला पर्ने छन् । उद्योग पराक्रम बढ्नेछ । व्यापार बढ्नेछ । शुभ कार्यारम्भ हुनेछ ।
वृषः– काम गर्ने जोश जागर बढ्नेछ । नयाँ कामको अवसर प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । घर बाहिर बसेर गरेका काम बढि उपलब्धिमूलक रहने छन् । अधुरा काम बन्ने छन् । अरुको भर नपर्नु होला ।
मिथुनः– अस्थिरताले अनिष्ट निम्त्याउनेछ संयमित भएर अगाडि बढ्नु होला । आफ्ना कामले गति लिने छैन । विना उपलब्धिका काम बढि हुनेछन् । आर्थिक कारोवारमा तनाव हुन सक्छ । यात्राको सम्भावना देखिन्छ ।
कर्कटः– शारीरिक एवं मानसिक रुपमा काम गर्न असक्षम हुनुहुनेछ । काम गर्ने वातावरण पनि मिल्ने छैन । अनावस्यक काममा समय र धन खर्च हुनेछ । झुट्टा आरोप लाग्न सक्छ सतर्क रहनु होला ।
सिंहः– वैदेशिक कार्य योजनले मुर्तरुप लिनेछ । नयाँ कामको अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । यात्राको योग पनि देखिन्छ ।
कन्याः– सहज रुपमा कुनै काम हुने छैनन । विरोधीको सक्रियताले काममा असर पर्न सक्छ सजग भई काम गर्नु होला । मेहनतका साथ गरेका काम सफल हुनेछन् । व्यापारमा सुधार आउनेछ ।
तुलाः– पढाई लेखाईमा ध्यान केन्द्रित हुनेछ । काम गर्दा अलमलमा नपरि गर्नु होला । आफुले ढिलो गर्दा अरुले फाइदा लिनेछन् । दैनिक काम काज सुचारु रुपले अगाडि बढ्ने छन् ।
वृश्चिकः– पारिवारिक सुख शान्ति थोरै मिल्नेछ । काम गरेर जश भने कमै पाईनेछ । शारीरिक शिथिलता बढ्न सक्छ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । लेनदेन कारोवारमा विवाद पर्न सक्छ ।
धनुः– आत्मबल आत्म विश्वास घट्ने छैन । न्यायिक,बैदेशिक तथा वित्तिय क्षेत्र मजबुत देखिन्छ । अर्थ अभावले काममा सामान्य ढिला सुस्ति हुनसक्छ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । व्यापार बढ्नेछ ।
मकरः– जीवन साथिको सहयोग लिएर काम गर्नु होला अवस्य सफल हुनुहुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । धन दिने काम भने आज नगर्नु उचित हुनेछ । कुरा भन्दा काममा जोड दिनु होला ।
कुम्भः– आत्मबल बढ्नेछ । ज्ञान,शिप र वुद्धिको सदुपयोग गरेर अगाडि बढनु होला । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पढाईमा भन्दा कमाईमा ध्यान जानेछ ।
मीनः– अनावस्यक खर्च बढ्नेछ । समयको दुरुपयोग हुनेछ । व्यापार व्यवसायबाट आय भन्दा व्यय बढि हुने देखिन्छ । झुट्टा आरोप लाग्न सक्छ सतर्क रहनु होला । पढाई लेखाईमा अवरोध आउन सक्छ ।

