राष्ट्र प्रमुखलाई पटक–पटक विवादमा ल्याउन हामीलाई रहर छँदै छैन । तर राष्ट्रपतिको सवारीलाई व्यवस्थित गर्न सरकारले नसकेका कारण गणतन्त्रप्रति नै सर्वसाधारणको वितृष्णा जाग्न बेर लाग्दैन । यहि कार्यक्रममा हामीले ५÷७ पटक राष्ट्रपतिको सवारी, दशैको टीका, निर्मलाका बा–आमालाई भेट्नै नदिएको लगायतका बिषयमा आलोचनात्मक सुुझाव प्रस्तुत गरिसक्यौं ।
शासन व्यवस्था बदलिए पनि शासन शैली नबदलिएपछि र सरकारले राष्ट्रपति लगायत भिआइपी सवारी व्यवस्थापन नगरेपछि अनाहकमा राष्ट्रपतिले आलोचित हुनुपरिरहेको छ । गत बुधबार दिनभर सडकमा गुढ्ने र आकाशमा उढ्ने हरुको विजोग भयो ।
होस्, कत्ति कराउनु, कति चिच्याउनु भनेर गत कार्यक्रममा यस बारे केहि बोलिएन । तर चीन पुग्नसाथ चीन तिरबाट आएको एक फोटोले ध्यान तान्यो र फेरी आज पनि महामहिम राष्ट्रपति ज्यूप्रति सम्मान साथ केहि सीधाकुरा गर्ने निधो गरे । राष्ट्रपतिको राजकिय भ्रमण दलमा गएकाहरु मध्ये पहिला प्लेनबाट को झर्ने ? राष्ट्रपति ओर्लेपछि नेक्स्ट को ? त्यसपछि को ? भन्ने त होला नि । बरियताक्रम भन्ने कुरा कसैले सिकाउनु त पर्ला नि !
तछाड–मछाड गरेर लोकल बसबाट ठेल्दै ठेल्दै निस्केसरी जहाजको भ¥याङमा भ¥याङ नै भाचिने गरी भिड लगाएको उक्त दृश्यले देशको इज्जतको खिल्ली उडायो । भ्रमण दलमा को–को थिए ? त्यो मतलब भएन तर, राष्ट्रपतिको राजकिय भ्रमणमा जानेहरुले मर्यादाक्रम, वरियताक्रम सिक्नु पर्छ । हिड्न, बोल्न, लाउन खान सिक्नै पर्छ ।
साइली दिदीको भात पसलमा, मासु भात मुछेर कुहिनाबाट झोल चुहाँउदै चुहाँउदै सर्याप्प–सर्याप्प गरेर खाएपनि हुन्छ तर राष्ट्रको प्रतिनिधित्व गरेर राजकिय गएकाहरुले टेलब म्यानर जान्नै पर्छ । आउँदैन भने त्यो समस्या नै होइन तर सिक्दिन भन्न पाइन्न ।
जहाज भित्रको दृश्यको फोटो त आएन तर, आइएम स्योर कि जहाज भित्र जहाज ल्याण्ड गर्दासम्म केहिले पेटी खोले होलान र ज¥याक जुरुक्क उठेर क्याबिन माथिको सामान झिक्न ठेलमठेल गरे होलान् । राष्ट्रपति ज्यूको पहिलो औपचारिक भ्रमणको यो भद्रगोल बारे चर्चा गर्नु भनेको राष्ट्रपतिज्यू प्रति दुर्भाव राख्नु होइन बरु सरकार र बिषेश गरी परराष्ट्र मन्त्रालयलाई भविष्यका लागि सचेत गराउन खोज्नु हो ।
अब राष्ट्रपति ज्यूको भ्रमण व्यवस्थापनका बारेमा कुरा गरौं । निकै आलोचना भएपछि बीचमा राष्ट्रपतिज्यूको एउटा सवारी गज्जबको भयो । कसैले दुख पाएनन् । उक्त दिनको तारिफ गर्न हतार नगरी हामी राष्ट्रपतिज्यूको अन्य सवारीमा यसको निरन्तरता हुन्छ कि हुन्न भनि जान्न चाहन्थ्यौ ।
तर चीन भ्रमणमा जाँदा झनै विजोग भो । बाटोमा हिड्ने र गाडीमा गुड्नेले त अब बानी पनि परिसक्यौ तर गणतन्त्रकी राष्ट्रपति विदेश जाँदा आकाशमा पनि जाम ? जनताकी छोरी राष्ट्रपति हुँदा सडकदेखि आकाशसम्म खाली गर्नुपर्ने भनेको त हद भएन र ?
आन्तरिक उडान साराका सारा ढिला भए, कारण राष्ट्रपतिको सवारी ! हे सम्माननिय राष्ट्रपति ज्यू, यसमा तपाईको दोष छैन भने तपाईको सवारी व्यवस्थापन गर्ने सारालाई बोलाएर साफ झपारी दिनुस् न, म त्यो दृश्य टेलिभिजनमा देखाउन लालागित छु ।
राष्ट्रपतिको सवारीका लागि विमानस्थलमा ५७ मिनेट सबै उडान रोकियो । लगभग एक घण्टा उडान रोकिदा दिन भरीका सबका सब उडान प्रभावित भए, सेड्युल डामाडोल भो ।
यो सामन्ती शैली भएन ? सोझै के भन्ने खोजिएको हो भने ए जनता हो, तिमीहरु भन्दा म जरुरी हुँ, तिमीहरु म नहिडुन्जेल कुर, म नउडिकन तिमीहरु आकाशमा उड्न पनि पाउँदैनौ, ल्याण्ड गर्न पनि पाउँदैनौ । तिमीहरुको समय भन्दा मेरो समय महत्वपूर्ण छ । पहिला म त्यसपछि तिमी जनताहरु ।
फेरी पनि भन्छु यो गल्ती राष्ट्रपतिको होइन, व्यवस्था मिलाउने सरकारको हो । पटक–पटक सम्मानित संस्थालाई विवादमा ल्याउने काम बन्द गर्न ठोस कदम नचाले जनता गणतन्त्रमाथि व्यङग्य गर्न बाध्य हुनेछन् । जुन अत्यन्त पीडादायी हुन जान्छ ।
उता दिन ११ बजे गोन्जाउबाट काठमाडौ ल्याण्ड गर्ने चाइना साउर्र्थनको विमानले आकाशमा ५ फन्को लगायो । सिछुवान एरलाइन्सको एउटा जहाज त अवतण गर्न नपाएर फेरी उतै फर्कियो । यात्रुहरुको विचल्ली भयो ।
१ जनाले गर्दा त्यस दिन ८० ओटा अन्तराष्ट्रिय उडान र १ सय २० वटा आन्तरिक उडान प्रभावित भए । काठमाडौको सडक ४/५ घण्टासम्म अस्तव्यस्त रह्यो । हजारौं यात्रुहरुका हजारौ समस्या र जरुरी काम हुन्छन् । सब भन्दा जरुरी नै मै हुँ भन्ने शैलीमा जलथल आकाश नै ठ्याप्पै रोकेर सवारी चलाउने बाध्यता रहर वा हेल्चेक्र्याई के हो ?
यसको जवाफ अब चाँही लिएर छोड्ने निधो गरेका छौं । महामहिम राष्ट्रपती ज्यू, आउँदो १८ गते बुधबार तपाई स्वदेश फर्किदै हुनुहुन्छ । त्यसदिन एयरपोर्टबाट तपाईलाई १५ मिनेट जतिमा तपाई बस्ने घर पु¥याइन्छ । तपाई आउँदा सबको बाटो छेकिन्छ, कोही समयमा अस्पताल पुग्दैनन्, कसैको जरुरी बैठकहरु छुट्छन्, तपाई फर्किने दिन ट्राफिक प्रहरीहरको कन्त विजोग हुन्छ ।
तपाई त १५/२० मिनेटमा आफ्नो घर पुगेर, लुगा फेरेर खाना खाएर आराम गर्दै यसो आँखा लागे ढल्किनु पनि हुन्छ होला । हामी सर्वसाधारण त दिनभरी विजोगमा पर्छौ, सारा जनताको होल डे चौपट हुन्छ ।
तपाईले विर्सेको भए सम्झाउ जसको बाटो छेकेर तपाई छिट्टै आफ्नो घर जानु हुन्छ नि तपाईलाई राष्ट्रपति बाइदिने तिनै जनता हुन । तपाई अहिले बस्ने घर पनि तिनैले तपाईलाई दिएका हुन् ।
कार्यक्रमको यो एपिसोडमा निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः
खुल्लामञ्चमा कमाउ धन्दा चलाएका भेटवालको टहरामा महानगरको डोजर
काठमाडौं । खुल्लामञ्चलाई निजी जग्गा जस्तै गराएर कमाउ धन्दा चलाएका मनोज भेटवालले बनाएका टहरामा काठमाडौ महानगरपालिकाले शनिबार डोजर चलाएको छ । जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्सका नाममा भेटवालले महानगरको सम्झौता विपरित ४० वटा टहरा निर्माण गरी ५ करोड बढी अग्रिम सलामी उठाएर भाडामा लगाएका थिए । भेटवालले महानगरपालिकासँग भएको सम्झौतामा किर्ते गरी टहरा बनाएको समेत पाइएको छ । महानगरपालिका र ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकाई बिल्डर्स प्रालिबीच ०७४ साल वैशाख ८ मा भएको सहमतिपत्रमा स्विकृत नक्सा भन्दा बाहिर गएर संरचना निर्माण गर्न पाइने भनिएको छ, भने अर्कोेमा त्यसरी संरचना बनाउन नपाइने भनिएको छ ।
दाइजोको निहुँमा एक महिनामा ३ महिलाको जलाएर क्रूर हत्या !
सिराहा । आफ्नै पति र सासुले ज्युँदै जलाएकी सिराहाकी २१ बर्षीया कञ्चनदेवी मण्डल खत्वेको शुक्रबार मृत्यु भएको छ । कल्याणपुर नगरपालिका ८ की खत्वेलाई उनकै पति बेचन मण्डल र सासु सुर्जी खत्वेले बिहीबार जलाएको आरोप लागेको छ । जलिरहेको अवस्थामा कञ्चनका स्थानीयले उद्धार गरी मिर्चैयास्थित मंगलम हेल्थ केयर सेन्टर पु–याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिहीबारै धरान पु¥याएपनि उपचार धरानमा उपचार सम्भवन नभएपछि काठमाडौं सुष्मा कोइराला मेमोरियल अस्पतालमा ल्याइएको थियो ।
सुनसान वडा कार्यालय– न जनप्रतिनिधि आउँछन् न कर्मचारी नै !
रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाका अधिकाशं वडा कार्यालयहरुमा जनप्रतिनिधि तथा कर्मचारी नबस्दा सेवाग्राही मर्कामा परेका छन् । नगरपालिकाको वडा १, २, ३ र ४ कार्यालयमा वडा अध्यक्ष, वडा सचिव लगायत कोही पनि कर्मचारी नबसेको भन्दै स्थानीयले भिडियो पठाएका छन् । यो फतुवा विजयपुर नगरपालिका १ को कार्यालय । शुक्रबार दिउँसो १२ बजे स्थानीय सिफारिस लिन यो कार्यालय पुग्दा वडा कार्यालय बन्द थियो ।

