अन्ततः अख्तियारले ठूलो माछा भेटाएकै हो त ?
अख्तियार दुरुपयोग आयोगले फाइनल्ली ठूलो माछा भेट्टाएको छ । सबैको गुनासो थियो कि अख्तियार किन ठूला माछा समाउँदैन । अन्ततः अख्तियारले ठूलो माछा भेट्टाएरै छोड्यो र ती ठूला माछा हुन उपसचिव प्रेम सञ्जेल ।
लेखा परीक्षणबाट टुंगिएको बिषयवस्तुलाई आधार बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रम कार्यालय विराटनगरमा कार्यारत उपसचिव प्रेम सञ्जेललाई ३ दिन भित्र उपस्थित हुन पत्र काटेको छ ।
प्रारम्भीक सोधपुछ विना सीधै पत्र काटिएपछि सञ्जेललाई ठूला माछा मान्नुको विकल्प रहेन । अब आउनुहोस्, एकैछिन संजेलका कसुर बारे पनि चर्चा गराँै । अथवा उनी माथि लागेको आरोपबारे जानकारी लिउ । निर्वाचन कार्यालयमा हाजिर नै नभएको अवस्थामा प्रोत्साहन भत्ता लिएको आरोपमा उनीमाथी छानविन भएको हो ।
उनलाई काटिएको पत्रमा लेखिएको छ कि निर्वाचन आयोगको निर्णय र नियम विपरित प्रोत्साहन भत्ता, खाना खाजा भत्ता लिइ भ्रष्टाचार गरेको भन्ने उजुरीको बारेमा निजसँग बुझ्नु पर्ने भएको । जानकारीहरुका अनुसार लेखा परीक्षणबाट टुंगिसेकेको बिषयमा अख्तियारको क्षेत्राधिकार आकर्षित नै हुँदैन । र विभिन्न स्रोतबाट प्राप्त जानकारी अनुसार उनले लिएको प्रोत्साहन भत्ता, खाना, खाजा भत्ताको बिषय महालेखाल परीक्षकको कार्यालयले अडिट गरी टुङ्इयाइसकेको छ ।
त्यो पनि २ बर्ष अगाडि । संजेल यस कारण ठूलामाछा हुन कि उनले विभिन्न अनियमितताका बिषयमा ठूलो आवाज उठाउँछन् । सायद आवज ठूलो भएका कारण उनि ठुला माछामा गनिए कि ? यो हाम्रो सोझो अनुमान मात्रै हो ।
मन्त्री, प्रधानमन्त्री, सचिव, उच्चपदस्थ कर्मचारी कसैलाई बाँकी नराखी ड्याङ कि ड्याङ बोल्ने बानीले सबका सबलाई आतंकित पारेपछि कसले छोड्छ । नत्र निर्वाचन आयोगका त्यत्रा वेथिती र अन्धाधुन्दा गरिएको खर्चको हिसाब नुहने, खोजविन नहुने अनि महालेखाले टुंगाएको बिषयमा भ्रष्टाचार विरोधीलाई पत्र काटिनुले सम्मानित अख्तीयारप्रति शंका गर्न पाउ भनि नम्र निवेदन गरौ कि भन्ने सोच्दै छु ।
गाडी हुँदा हुँदै करोडौंको गाडी किनिए, विना टेण्डर प्रतिस्पर्धा नै नगरी फाष्ट ट्र्याकमा काम गर्ने निहुमा करोडौको सामान खरीद भए । निर्वाचन सामाग्रीको प्रिन्टिङमा खुल्लमखुल्ला लुट चल्यो ।
यस्तो बिषयमा कसैको चासो भएन तर वेथितीमा खुलेर सार्वजनिक टिप्पणी गर्ने व्यक्तिलाई चिठी काट्नु भनेको एउटा गतिलो मजाक बाहेक के हुन सक्छ ? घुसिया आयुक्त र सेटिङ मिलाउन चनाखो उच्च पदस्थ कर्मचारी बोकेर अख्तियारले यस्ता पत्र पठाउदा पत्र ड्राफ्ट गर्नेको हात काँप्छ कि काप्दैन भनेर हेर्न भएपनि अख्तियार जान मन छ ।
धेरै मानिसलाई लाग्छ कि अख्तियार, अदालतका बिषयमा बोल्दा विचार गर्नु पर्छ, नरम हुनु पर्छ, समग्रमा डर मान्नु पर्छ । यो सोच परिवर्तन हुन जरुरी छ । अदालत र अख्तियारका बिषयमा त जति खरो हुन सक्यो त्यति राम्रो । मात्र यति हो कि यि सम्मानित संस्थाहरुको विना कारण अपमान गर्नु भएन । यत्रा ट्याक्स छल्ने, अकुत कमाउने, राज्यकोषको दोहन गर्ने, भ्रष्टाचार माथि भ्रष्टाचार गर्ने, पदको चरम दुरुपयोग गरी देश देखि विदेशसम्म सम्पत्ति जोड्ने हजारौँ हजारलाई छोडेर एउटा प्रेम संजेललाई थर्काउने काम अख्तियारको प्राथमिकतामा परेको हो भने यही संरचनामा अख्तियारले माछा त के भुसुना पनि मार्दैन ।
देश सर्वाधिक भ्रष्टाचार हुने देशहरुको पंतिमा माथि पर्दा पनि भ्र्रष्टहरु देख्दै नदेख्ने अख्तियारलाई सचेत गराउन पनि खुट्टा कमाउनु प¥यो भने, डराई डराई, भाका मिलाई मिलाई, रिंगटा लाग्ने गरी घुमाएर बोल्नु प¥यो भने त यो मुखमा सियो धागो लगाए हुन्छ ।
चौतर्फी वेथिती र भ्र्रष्टाचार मौलाएको मुलुकमा प्रहरी र ससस्त्र प्रहरी भन्दा बढी संख्यामा अख्तियारमा कर्मचारीहरु चाहिन्छन् । देश कुनै युद्धमा छैन तर भ्रष्टाचारको भुमरीमा छ । यसर्थ बरु यो ससस्त्र प्रहरीलाई अख्तियार तिर गाभेर अख्तियारलाई ठूलो बनाऔँ ।
चोरी, डकैती, फिरौती, हत्या, हिंसा भन्दा कयौ गुणा बढी छ भ्रष्टाचार । बरु नेपाल प्रहरी र नेपाल आर्मीबाट पनि आवश्यक परे इन्टेलिजेन्सहरु अख्तियारमा तानौं । हुन त इच्छा शक्ति भए वा शक्तिको केन्द्रको दवाव र प्रभावमा नपरे अहिलेकै संयन्त्रबाट पनि प्रेम संजेल भन्दा ठूला माछा समात्न सक्षम छ अख्तीयार । प्रेम संजेल उदाहरण मात्र हुन ।
दोषी भए तीनलाई दया माया गर भनेको होइन, हाल्देउ जेल, अलि बढी नै बोलेर र मिनेट मिनेटमा चिठी लेखेर, मुद्धा हालेर र भएभरका सबलाई भ्रष्टाचारी देखेर बसी टिक्न दिदैनन् रे ।
मिडियाको एटेन्सनले अलि पुल्पुलिएका चाँही छन् रे, त्यो सुधारुन । तर अरर्बौ अरबको भ्रष्टाचारीका सारा फाइलमा धुलो जमाएर यो देशको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रेम संजेलको पछि लागेको हो भने जे पर्ला पर्ला भन्नै पर्छ, राम राम अख्तियार, धेरै आशा गरेकोमा क्षमा चाहन्छौं ।
इराकबाट अर्की नेपाली चेलीको सफल उद्धार- आफू इराकमा बेचिएको भन्दै एक युवतीले नेपाल फर्काइदिन गुहार माग्दै हामीलाई भिडियो पठाएपछि हामीले यस विषयमा रिपोर्टिङ गरेका थियौं । साथै तत्कालै हामीले उद्धारको काम सुरु गरेका थियौं ।
कार्यक्रममा उनका बिषयमा देखाएसँगै विभिन्न व्यक्तिहरुको सहकार्य खास गरी यसरी बेचिएका र अफ्ठ्यारोमा परेका महिलाहरुको उद्धार गर्ने समाजिक अभियन्ता आङकामी शेर्पाले उनको उद्धारका लागि काम सुुरु गरे । आङकामी शेर्पाको सहयोगमा उनी बुधवार नेपाल आइन् । उनलाई स्वागत गर्न हाम्रो टिम त्रिभुवन अन्टराष्ट्रिय बिमानस्थल पुग्यो ।
घरमालिकको दबाब, २२ घण्टाको काम, बिरामी शरीर, पठाउने एजेन्टहरु बेखबर भएपछि बाँचेर नेपाल फर्किन्छु भन्ने सोच्न छोडेकी उनी बुधबार विमानस्थलमा दिदीलाई अँगाल्दै भावुक भइन् ।
सोलुखुम्बुकी उनी यस अघि रोजगारीको खोजीमा लेवनान पुगेकी थिइन । लेवनानबाट फर्किएर गाउँमै बसिरहेका बेला सिन्धुपाल्चोकका मुकेन्द्र्र तामाङ नाम गरेका एजेन्टले कुर्गिस्तानमा ५ सय अमेरिकी डलर तलबसहित आर्कषक काम रहे सुनाए । मुकेन्द्रले नै उनको पासर्पोट अर्का सोलुखुम्बुका छिरिङ शेर्पा नाम गरेको व्यक्तिलाई जिम्मा लगाए ।
त्यसको केही दिनमै नेपालबाट जान नमिल्ने भएकाले गाडीमा भारत जानु पर्ने र भारतबाट उडान हुने आश्वसन देखाए । उनी र एक अर्की महिलालाई लिएर छिरिङ शेर्पा भारत तर्फ लागे । बोर्डरमा उनलाई छिरिङ बाबु भएको भनिएको थियो भने सोधखोज गर्ने प्रहरीलाई छोरी हो भन्दै भारत छि¥याए । केही दिन भारत राखेपछि उनलाई कुर्गिस्तान भनेर उडाइयो । तर एजेन्ट उनलाई पत्तै नदिई इराकको राजधानी बग्दाद पु¥यायो ।
त्यहाका अर्का एजेन्टल कामका लागि घरमा पु¥याए घर मालिकले उनलाई १३ हजार डलरमा किनेको भन्दै रसिद देखाए । १ बर्ष काम गर्दा उनले ७ महिनाको मात्रै तलब पाएकी छिन् । दिनमा ३ ओट घरमा २२ घण्टा काम गर्दा उनी बिरामी परिन् । घरबेटीले उपचार गराएनन् । नेपालमा एजेन्टलाई फोन गर्दा नेपाल फर्काउँछौं भन्दै १० महिना झुलाए र सम्पर्क विहीन भए ।
कुनै उपाय नलगोपछि भिडियो रेर्कड गरेर सामाजिक सञ्जालमा हालेकी उनलाई हामीले रिपोर्ट प्रसारण गरेपछि भने नेपाल आउने आश पलाएको थियो । र उनको त्यो आशा बुधबार पूरा भएको छ ।

