चलचित्र लिलिबीली र लभ स्टेसनकी अभिनेत्री जसिता गुरुङको चर्चा यति धेरै बढ्यो की, कुनै स्थापित अभिनेत्रीको भन्दा कम छैन । थोरै चलचित्रबाटै धेरै चर्चा कमाएकी उनलाई लिएर का मगर्न खोज्ने निर्माताहरु निकै धेरै छन् । हालै मात्रै उनले ठुलो ब्यानरको एक चलचित्रमा पारिश्रमिकको कुरा नमिलेपछि छोडिदिएकी छिन् । जसिता चाडैं अर्को चलचित्रमा काम गर्ने तयारीमा रहेको बुझिएको छ । उनै सुन्दर अभिनेत्री जसितासँग निकै रमाइलो कुराकानी गरिएको छ ।
हजुरलाई स्वागत छ
थ्यांक यु सो मच ।
ठिकै छ, तपाई लण्डनमा बस्नुहुन्छ भन्ने पनि थाहा छ । मनमनै जे बोल्नुभयो, निकै सुन्दर लाग्यो । तर, के के बोल्नुभएको थियो ?
धन्यवाद्, मलाई बोलाई दिनुभएकोमा ।
निकै च्वाँक हुनुहुन्छ, कसरी ?
हजुरलाई त्यस्तो लागेर होला । मलाई राम्रो देख्नुभयो । म आफैलाई त त्यस्तो च्वाँक छु जस्तो लाग्दैन। सायद, परिवारको कारण यति च्वाँक भएकी हुँ ।
चलचित्र उद्योग कस्तो लागिरहेको छ ?

जे अपेक्षा राखेर आएकी थिएँ, त्यो भन्दा बढि पाएको अनुभब भैरहेको छ । लिलिबिलिपछि मैले दर्शकबाट सोचेभन्दा बढि प्रेम पाएकी छु । त्यो मैले विश्वासनै गरेकी थिइनँ ।
अचानक चलचित्रमा आएको की, कसरी ?
मिलन चाम्स दाईले एक कार्यत्रममा लण्डनमा आएको बेला मेरो एउटा नृत्य देख्नुभएको रहेछ । त्यसपछि उहाँले अडिसनमा बोलाउनुभयो, एकमहिनापछि सेलेक्ट भएँ । र, लिलिबिलीमा काम सुरु गरेँ ।
चलचित्रमा काम गर्ने रहर थियो ?
यो क्षेत्रमा सानैदेखी रहर थियो ।
कति बर्षको हुनुभयो ?
२२ ।
पहिलो प्रदीप, दोस्रो पनि प्रदीपसँग काम गर्नुभयो, तेस्रो पनि प्रदीपसँगै खेल्नेहो ?
खासगरी लिलिबिलीमा काम गर्नेबेला दुईवटा चलचित्रमा काम गर्ने सम्झौता भएको थियो । सोहि अनुसार दुईवटा चलचित्रमा लगातार काम भएको हो । आगामी समयमा के हुन्छ, पछि नै थाहा होला ।
आजसम्म कहिल्यै झुट बोल्नुभएको छ ?
सायद् परिवारसँग बोलेको छु, अरुसँग खासै बोलेको छैन ।
अन्तिममा तपाइले जादाँजादै हामीलाई केहि कुरा सोध्नुस् न ?
तपाइले नेपाली चलचित्रमा कहिले काम गर्नुहुन्छ ? हाहाहा…. ।
(अभिनेत्री जसितासँग कान्तिपुर टेलिभिजनको लोकप्रिय कार्यक्रम ह्वाट द फ्लपमा सन्दिप क्षेत्रीले गरेको कुराकानी)

