‘सिंहदरबार, बालुवाटारमा जनतालाई छिर्न दिनुहोस तर सिहंदरबार र बालुवाटार नै बेच्नेहरुलाई निषेध गरिदिनुहोस्’
आज २०७५ सालको अन्तिम दिन । भोलिबाट नयाँ बर्ष लाग्दैछ । आज हक लगाएर र धक लगाएर सम्माननिय प्रधानमन्त्री ज्यूलाई आमसर्वसाधारण नेपालीका हैसियतले विनम्रता पूर्वक केही भन्ने निधो गरेको छु । आखिर राजनीति ठीक नभएसम्म कही कतै केही ठीक नहुने नै रहेछ ।
तपाई ताप्के हामी ताप्केका विँड । यसर्थमा ताप्केनै नताती विँड मात्र तातेर केही पाक्दैन । त्यसैले प्रिय प्रधानमन्त्री ज्यू आज बर्षको अन्तिम दिन तपाईलाई जाने जति शिष्टता र सम्मानपूर्वक, सिन्सियरली केही भन्ने विचार गरेको छु । आज चाँही आसेपासेहरु साइड नलागेपनि हुन्छ ।
तपाईको फाइन्डिङ यही हुन सक्छ कि २०७५ साल अत्यन्त राम्रोसँग वित्यो । यो अमूर्त विषय हो, आधा ग्लास पानी हेरेर एउटाले आधा सकियो र अर्काले आधा बाँकी छ भने जस्तै हो । अंग्रेजी अंक ६ र ९ जस्तै हो । एकापट्टीबाट हेर्नेले ६ हो भन्छ वा अर्को पट्टीबाट हेर्नेले ९ हो भन्छ । यति कुरा भन्न चाँही एकरत्ति कन्जुस्याँई गर्दिन कि यो देशमा विकाशका बिषयमा बहस सुुरु भयो ।
जस्तै रेल, पानीजहाज, सुरुङ मार्ग, आदी आदी । यो देशको एजेण्डानै चेन्ज गर्ने प्रधानमन्त्रीका रुपमा तपाईलाई इतिहासले रतिभर अन्याय नगरी सम्झिने छ जस्तो लाग्छ । म तपाईको आलोचक पनि होइन, समर्थक पनि होइन तर शुभचिन्तक चाँही जरुर हुँ । शासन प्रणाली वा व्यवस्था परिवर्तनमा तपाईले दिएको योगदान हिजोको कुरा हो, जो वितिसक्यो ।
हिजोकै योगदान र उपलब्धीमा घिरौला जत्रो नाक पार्न अब तपाई लगायत कसैले पर्दैन । अब तपाइले पद्धति परिर्वतनमा के गर्नुहुन्छ त्यसमा यो देशको भविष्य निर्भर गर्दछ । यो देशको क्षेत्रफल, जनसख्या र स्रोत साधनलाई हेर्दा जान्नेका लागि समृद्धि र विकास बायाँ हातको खेल हो । पञ्चायतले यो देशमा ३० बर्ष सासन ग¥यो ।
पञ्चायती व्यवस्थाको निरकुंशता र एक दलिय प्रणाली लगायतका कारण यो मुलुकपछि प¥यो भनेर गरिएका संघर्षहरुले प्राप्त प्रजातन्त्र र क्रमश प्राप्त भएको लोकतन्त्र गणतन्त्रलाई जोड्दा यदि ४६ साललाई प्रजातन्त्र प्राप्तीको शुरुवात मान्ने हो भने भोलिबाट ७६ साल लाग्दैछ । अर्थात पञ्चायतको जस्तै प्रजातन्त्रको पनि ३० बर्ष लाग्यो अथवा पुग्नै लाग्यो ।
हिजोको निरंकुश पञ्चायती व्यवस्थासँग आजको गणतन्त्रलाई तुलना गरेर हामी तपाईहरुको योगदानको अपमान कदापी गर्न चाहनौ तर इतिहासले त त्यो ३० बर्ष र यो ३० बर्ष भनेर तुलना त गर्ला नै गर्ला । यो देशमा राणाहरुले पनि १०४ बर्ष शासन गरे । जाहानिय शासनको पक्षमा तर्क गर्ने धृष्ढता त म के गरुला तर त्यस बखतमा बनेका कयौ संरचनाहरुमा नै बसेर आजका नीति निर्माताहरु यो देशको भविष्य कोर्दैछन् ।
कहाँको जहानिय राणा शासन कहाँको गणतन्त्रको तुलना गर्ने तुच्छता हामी कुनै हालतमा राख्दैनौ । तर साधारण जानकारीका लागि बताऔ कि आजभन्दा १०७ बर्ष अगाडि तत्कालीन राजा पृथ्वी वीर विक्रम शाहले विक्रम सम्वत १९६८ साल जेठ ९ गते सोमबार साँझ ७.३० बजे एसियाकै पहिलो मध्येको एक हाइड्रो पावर प्राजेक्ट सम्पन्न भएसँगै उद्घाटन गरेका थिए ।
हो एसियाकै पहिलो मध्ये एक जल विद्युत आयोजना, फर्पिङ जलविद्युत आयोजना । १०७ बर्ष अघि हाइड्रो पावर चलाएका हामी नेपालीहरु आज उस्तै परे एउटै टोलमा १०७ वटा म्यानपावर कम्पनी चलाइरहेका छौँ । यो देशका प्रत्यक आम सर्वसाधारण मानिसको भनाइ यो छ कि यो देशले गतिलो नेता नै पाएन । एउटा गतिलो नेता पाएन ।
सम्माननिय प्रधानमन्त्री ज्यू । के तपाई गतिलो नेता होइन ? सौभाग्यवश प्राप्त पुनर्जीवन, इतिहासकै शक्तिशाली प्रधानमन्त्री, सारा राजनीतिक परिवर्तनपछि संविधान प्राप्ती, न कसैका लागि २ पैसा कमाइदिनु पर्ने बाध्यता, त्याग, बलिदान, संघर्षले खारिएको व्यक्तित्व, समृद्धिको जबरजस्त भिजन, यो भन्दा गतिलो मौका समय र नेता खोज्न जनता अब कँहा जाने ?
तपाई प्रधानमन्त्री भएदेखि ठूला भ्रष्टाचारी एक जना पनि जेल परेका छैनन् । उस्तै परे कागको फुल लुकाइदिने सक्ने तपाईको दिमागमा यो देशका हरेक भ्रष्टाचारीहरुको लिष्ट रेडिमेड छ । न आगे न पिछे भएको तपाइ जस्तो नेताको वरिपरि जाबो ८÷१० आना जग्गाको लागि रोइकराई गर्ने, १÷२ वटा मेडिकल कलेजका लागि ¥याल सिंगान चुहाउने एउटा क्रसरका लागि छात्ति पिट्ने, कुनै रुटमा ५÷७ वटा भाडाका गाडी चलाउन मुर्छा पर्ने, आइ टी जानेका भन्दै २÷४ वटा मोबाइल एप्लिकेशन चलाउन जान्दैमा देशको डाटा मै आँखा गाड्ने, लाइसेन्स बनाउन नाफा खाने, ट्याक्स छल्न मरेर लाग्ने जस्ता मान्छे साथमा बोकेर तपाई यो देशको इतिहास बदल्न कुनै हालतमा सक्नुहुन्न नो वे ।
प्रतिपक्ष र आलोचकहरुलाई चित्त दुखाउने गरी जवाफ फर्काउनुको साटो २ वचन मिठो बोलिदिनुस त कति मजाको सुनिन्छ । आन्तजरिक कलहमा रहेका प्रतिपक्ष कांग्रेसका नेताहरुलाई बरु मिलाइदिनुस न । शेरबहादुर जी, रामचन्द्र जी, सिटौला जी, शेखर शंसाक जीका घरमा गएर विहानै एक कप चिया खाइदिनुस् न ।
कति राम्रो सन्देश जान्छ । अख्तियार, न्यायालयहरुमा राजनीतिक भागभण्डाका आधारमा मानिसहरु आसिन छन् । यो परम्परा तोड्न सक्नु भयो भने तपाई नहुँदा पनि यो देश मगमगाउने छ । भोलिको पूस्ताले तपाईले के के बोल्नु भो त्यो सम्झिदैन तर तपाइले के के गर्नु भो त्यो चाँही विर्सिदैन ।
कुनै पनि मन्त्रालय अन्तरगतका कार्यालयमा ५ पटक सम्म घुस खाएको भेटिए सम्बन्धीत मन्त्रीलाई बर्खास्त गरिदिने निर्णय मात्र गर्नुहोस्, तपाईका मन्त्रीहरुको कामको स्पिड बढ्ने छ । हिजो तपाईहरुले दल खोल्दा र दलमा सहभागी हुँदा यो देशमा राणा शासन फाल्नु थियो, राजतन्त्र फाल्नु थियो, गणतन्त्र स्थापना गर्नु थियो ।
बुबाले ठगेको भन्दै पूर्वमन्त्री कृपाशुर शेर्पाका छोरा गणेश ‘सिधाकुरा’मा
पूर्वमन्त्री कृपाशुर शेर्पाले छोरा गणेश शेर्पालाई अंश दिने आशमा फसाएको आरोप छोराले लगाएका छन् । ५ बर्षदेखि अदालतमा चलिरहेको अंशमा मुद्धामा कृपाशुरले १ करोड ६५ लाख नगद र दुई रोपनी जग्गा दिने भन्दै बाबु छोराबीच सम्झौता गरेका थिए ।
कृपासुरले १ करोड ६५ लाखको चेक काटेर छोरालाई देखाए तर पछि दिइहाल्छु भन्दै आँफै राखे । चेक देखाउँदै दशलाख रुपैयाँ नगद दिएर सबै पैसा बुझेको कागजमा हस्ताक्षर गर्न लगाए । तर जब कागजमा गणेशले हस्ताक्षर गरे, तब कृपाशुरले गणेशको नाममा दिएको १ करोड ६५ लाखको चेक च्यातिदिएको उनका छोरा गणेशको आरोप छ ।
उनका अनुसार ५ बर्षसम्म अदालतमा मुद्धा चल्दा समेत वेवास्ता गर्दै आएका कृपासुर शेर्पाले पछिल्लो समय एकाएक व्यवहार परिर्वतन गरेका थिए । उनले छोराको परिवारलाई समेत माया गरेको जस्तो गर्थे तर त्यही माया देखाएर सम्झौता गराउने र चेक च्यात्ने उनका दाउ रहेछ ।
चेक च्यात्न पनि पैसा दिने र जग्गा दिने भन्दै गणेशलाई फकाइरहेको कृपासुरले आजकल छोरा गणेशको फोन उठाउँदैनन् । घरमा फोन गरे वा गए उल्टो धम्की आउने गरेको गणेश बताउँछन् ।
हामीले यो बिषयमा पटक पटक कृपासुर शेपासँग बुझ्न खोज्दा उनले हामीसँग कुरा गर्नै चाहेनन् । बरु टिभीमा देखाए मानहानीको मुद्धा हाल्ने भन्दै धम्काए ।
यति मात्र नभई कृपासुरका तर्फबाट अदालतमा बहस गरिरहेका अधिवक्ता तुलशीशंकर अधिकारीले समेत अदालतमा बढी कोर्ट फि तिर्नु पर्ने भन्दै १० लाखको मात्रै कागज गराए पनि १ करोड ६५ लाख दिने सहमति भएको तर कृपासुरले नदिएको बताएका छन् ।
कृपासुरले छोरालाई अंश दिने भन्दै कागज गराएर छोरालाई मात्रै झुक्याएका छैनन्, काठमाडौ जिल्ला अदालतलाई समेत झुक्काएका छन् । बाबुले अंश नदिएपछि गणेश अहिले सवारी चालकका रुपमा काम गरेर जिविकोपार्जन गरिरहेका छन् । अर्बपति पूर्वमन्त्री शेर्पाका छोरा यस्तो अवस्थामा छन् ।

