श्री शाके १९४० बि.स. २०७५ साल फाल्गुन १९ गते आईतबार इश्वी सन् २०१९ मार्च ३ तारीख फाल्गुन कृष्णपक्ष द्वादशी तिथी १४ः३८ बजे सम्म पश्चात त्रयोदशी तिथी उत्तराषाढा नक्षत्र १०ः१० बजे सम्म पश्चात श्रवण नक्षत्र वरियान योग १३ः४१ बजे सम्म पश्चात परीघ योग वालव गर करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा मुशल योग सुर्य उत्तरायण शिशिर ऋतु प्रदोष ब्रत- ज्यो.पं. सरोज घिमिरे ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कार्यक्षेत्रमा लगन सिलताको कमी महसुस हुनाले सामान्य ढीलाईको सामना गर्नुपर्नेछ । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोछ । पारीवारिक स्वास्थका क्षेत्रमा सामान्य तनाबको सामना गर्नुपर्नेछ । सवारीसाधनको प्रयोगमा साबधानी अपनाउनु होला ।
बृष राशि -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
यात्राका क्रममा बिभीन्न समस्याहरु उत्पन्न हुन सक्नेछन । मित्रजनहरु सगँको सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्ने सम्भाबना रहेकोछ । सम्पादित कार्यको श्रेय गैर ब्यत्तिहरुले प्राप्त गर्नाले काम काजका क्षेत्रमा जोस र जागरको कमी हुनेछ ।
मिथुन राशि -का, कि, कु, घ, ङ, छ, के, को, ह
बिश्वासिला ब्यत्तिहरुबाट धोका हुनाले कार्य क्षेत्रमा सामान्य झन्झट प्राप्त रहनेछ । ब्यपार ब्यवसायमा सामान्य घाटाको सामना गर्नु पर्ला । कार्यस्थल परीवर्तनको समेत सम्भाबना रहेकोछ । आम्दानिका निम्ती भने समय मध्यम रहनेछ ।
कर्कट राशि -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दाम्पत्य सम्बन्धमा सामान्य तनाव देखा पर्ने सम्भाबना रहेकोछ । शारीरिक आलस्यताका कारण ब्यापार ब्यवसायमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम रहनेछ । अध्यन अध्यापनमा समय राम्रो रहेकोछ ।
सिंह राशि -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । तपाईको हरेक कदममा प्रतिद्वन्धी हरु सवल रहनेछन । पुराना लगानिहरु उठाउन बिषेश समय रहेकोछ । सामाजिक कार्यका क्षेत्रमा समय ब्यतित गरेका खण्डमा उत्तम रहनेछ ।
कन्या राशि -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अध्ययन अध्यापनमा अधिक समय खर्चनु पर्नेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । आम्दानिका मनग्य श्रोतहरु फेला परेता पनि कार्य क्षेत्रमा भने सामान्य ढिलाईको योग रहनेछ । मित्रजनहरुको प्रशन्नताका निम्ती सामान्य खर्च हुन सक्नेछ ।
तुला राशि -र, रि, रु, रे, रो, ता, ति, तु, ते
भौतिक श्रोत साधनको प्रयोगमा बिषेश साबधानि अपनाउनु पर्नेछ । पारिवारीक साथ सहयोगमा कमी भएको महसुस रहनेछ । सामान्य अप्रिय खबरका कारण मानसिक तनावको समेत सामना हुन सक्नेछ । गरिरहेका कार्यका क्षेत्रमा ढीलाईको योग रहेकोछ ।
बृश्चिक राशि -तो, ना, नि, नु, ने, नो, या, यि, यु
बल तथा पराक्रमका क्षेत्रबाट जटील कार्यहरु सम्पादित रहनेछन । मित्रजनहरुको साथ सहयोगमा बृद्धीहुनेछ । यात्रा मनोरञ्जन पुर्ण ढगंमा सम्पादित रहनेछ । मान्यजनहरुको मार्गदर्शनमा मान सम्मान प्राप्तीको योग बन्नेछ ।
धनु राशि -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिवारका सदस्यहरुको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । वाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्ने । स्थीर क्षेत्रमा गरीएको गलानीको उत्तम प्रतिफल प्राप्त रहनेछ । मानसीक चन्चलताले सताउन सक्नेछ ।
मकर राशि -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अधुरा तथा जटील कार्य सम्पादित गर्न उत्तम समय रहेकोछ । भोज भतेर जन्यकार्यमा सहभागीताको अवसर प्राप्त रहनेछ । कार्यक्षेत्रबाट सबैलाई प्रशन्न तुल्याउन सकिने दिन रहेकोछ । मानसम्मान प्राप्तीको उत्तम योग बन्नेछ ।
कुम्भ राशि -गु, गे, गो, सा, सि, सु, से, सो,
शारीरिक अस्वस्थाको सामना गर्नु पर्ने सम्भाबना रहेकोछ । पारीवारिक कलहको सामना समेत हुन सक्नेछ । अनावस्यक खर्चका कारण आर्थिक मन्धीको सामना गर्नु पर्नेछ । यात्रामा बिशेष सावधानी अपनाउनु पर्ने दिन रहेकोछ ।
मीन राशि -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आर्थिक क्षेत्र सवल रहने दिन रहेकोछ । मित्रजनहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । मनोरञ्जनका साधनका क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । पुराना लगानी उठाउन समय उत्तम साबित रहनेछ ।

