रुकुमको एक विद्यालयमा एकैचोटी ३७ विद्यार्थी बिरामी

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आईतवार

रुकुम (पूर्व) । रुकुम (पूर्व) को एक विद्यालयका विद्यार्थी ठूलो सङ्ख्यामा एकैचोटी बिरामी भएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका–६ मयाङको जनजागृत आधारभूत विद्यालयका ३७ जना विद्यार्थी एकैपटक बिरामी भएका हुन् ।

(फोटो फाइल)

आइतबार बिहान विद्यालयमा प्राथना गरिरहेका विद्यार्थीमा एक्कासि टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, वान्ता हुनेजस्ता समस्या देखिएको प्रधानाध्यापक चेतकुमार सेनले बताए । बिहीबारबाटै एक-दुईजनामा यस्तो समस्या देखिएको तर आज ठूलो सङ्ख्यामा विद्यार्थी बिरामी भएको उनले बताए ।

दुर्गम ठाउँमा रहेको त्यस विद्यालय नजिक कुनै पनि स्वास्थ्य संस्था नहुँदा उपचारमा समस्या आएको छ । दुई सय ७९ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा अहिले एकैपटक ३७ जना बिरामी भएका छन् । अहिले बिरामी उपचारको लागि हुकामबाट स्वास्थ्यकर्मीको टोली मयाङतिर गएको वडाध्यक्ष सेनले बताए ।

-हाम्राकुरा

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu