दिलिप बावु शिवा– कला,संगित र साहित्य जगतको ऐना हो। यि दुवै चिजमा समाज परिवर्तनको तरंग ल्याउने बिशेषण हुन्छ।कलाकारहरु माध्यम हुन जसले आफ्नो विवेक, कला र कौशलताले समाज परिवर्तनका सुचनाहरु संबाहन गर्ने गर्छन। जब रेडियो टिभिको पहूच दूर दराजमा थिएन गाँउका चौतारी र देउरालीमा कलाकारहरु त्यहिका भाका टिपेर गितमा बिसंगति पस्किएर अब उठ्नु पर्छ, जाग्नु पर्छ भनेर जनतालाइ भन्ने गर्थे।
हिजो देखि आज सम्म जागरणको बिउ छर्ने अनेकौ गितहरु बनेका छन र ति गायकहरु कति जिउदा होलान अथवा कति मरेर गए होलान। जो जुन अवस्थामा भएपनि जनताको मानशपटलमा जिवितहरु सदैव पुजनिय छन र मृतहरु सदा अमर।उनिहरु हरेक पटक अत्याचार बिरुद्दको आवाज बनेर जनताको मानशपटलमा गुन्जिरहन्छन।
हातका पाच औलाले हानिने झापडले मान्छेलाई एक पटक दुखाउछ भने शब्दका तरंगले हानिने झापडले मानिसलाई बारबार दुखाउछ। र ब्यंग्यले ठ्याक्कै तिनिहरुलाई दुखाउछ जो बिकृतिका कारण हुन्छन।
यस्तै एउटा गित केहि दिन अघि लोक गायक पशुपति शर्माले बनाए जसले उनलाई कर्तव्य निष्ठ र देशभक्त गायकको छवि सहित नेपालीजनको मन मनमा अमरत्व सहित बिराजित हुने स्थान प्रदान गर्छ। आखिर लोक संगितको खुवि भनेकै लोकका दुख,गाँउघर र समाजका पिडा, मर्म र भावनालाई भाकामा पस्किन सक्नु हो।
पशुपति शर्माले उक्त गितमा कान्छा भन्ने ब्यक्तिलाई बिम्ब बनाएर अन्योलतामा भैतारिरहेको एउटा पात्रलाई १० मिनेटको समयाबधिमा लोकभाका सहित हाम्रो समाजका बारेमा बताएका छन।बताएका छन मात्रै भन्दा शब्द अपुग हुनसक्छ।ऐना देखाएका छन भनौ।
उनले बनाएको गित यथार्थमा गित नभएर ठ्याक्कै समाज उतारेको बोल्ने तस्बिर जस्तो छ।उनले आँखा अघि असरल्ल बिकृतिलाई एकै ठाउमा जम्मा गरिदिएका छन र ब्यथितीका बिरुद्द ब्यंगात्मक झापड हानेका छन। जसले बिकृतिका कारण बनेका पात्रहरुलाई भत भति पोल्ने त निश्चित नै भयो। एक हिसावले उनको यो गितले समाज बदल्ने महंगा सपना देखाएर केवल आफ्नै जिवन बदल्ने निहित स्वर्थपूर्तिमा लागेका महारथिहरुको झुण्डमा सुनामि ल्याईदिएको छ। यो गित एक पटक सुनेपछि दोहोर्याएर सुन्ने क्षमता उनिहरु कसैमा छैन।ईमान्दारीता लिलाम गराएर नेता बन्नेहरुमा त्यो सामर्थ्य हुदैन पनि।
सन्त नेता कृष्ण प्रसाद भट्टराईले भन्नु भएको छ; “बोल्न लाई ज्ञान र आँखा जुधाउन ईमान चाहिन्छ।”

आँखा जुधाउनुको अर्थ एकले अर्कालाई आँखा तर्नु अथवा एकोहोरो हेरिरहनु मात्रै हैन। आँखा जुधाउनुको अर्थ अडिग भएर सामना गर्नु भन्ने हुन्छ।जसलाई यो गितले झट्का हानेको छ उनिहरुले पशुपति शर्मा संग आँखा जुधाउन सक्दैनन्। किन कि पशुपति शर्माको बिद्रोह ईमानको धारबाट हो।जुन ईमानको अपेक्षा भ्रष्ट्रहरु संग गर्न यो युगमा सम्भव छैन।
राजनितीलाई शक्ति संकलनको हतियार र सम्पत्ति आर्जनको श्रोत भन्दा माथि बुझ्न नसकेका गलत पात्रहरुका कारण राजनिती शब्द ‘फोहोरी खेल’ भनेर आफैमा कलंकित बनेको छ।यथार्थमा राजनिती आफैमा फोहोरी भने हैन।तर फोहोर मान्छेहरुको बाहूल्यताले परबाट हेर्दा फोहोर देखिएको भने चाहि पक्का हो।समाज परिवर्तनको अभिभारा बोकेको राजनिति जस्तो नित्य शब्दलाई फोहोर गर्ने ब्यक्तिहरुका कारण ‘हाई रिक्स, हाई प्रोफिट’ को ब्यापार बन्न पुगेको छ नेपाली राजनिती।
ठुला ठुला युगान्तकारी परिवर्तनहरु ल्याउन महान बलिदान गर्ने नेताहरु थिए हाम्रो देशमा पनि। उनिहरुले आजिवन कष्ट र अभाव संग झेल्दै हत्केलामा प्राण बोकेर क्रान्तिको रणसंग्राममा उत्रिए।जिवनको उत्तरार्धमा कोहि अभावले मरे त कोहि हिनताबोध बोकेर मरे।
बिगतबाट आज सम्म हाम्रो देशमा खुलेयाम शुसासन बिरोधिधार पक्डिएर लुटतन्त्र र आसेपासेवादलाई प्रक्षेपण गर्नेहरु आज नेपालमा कायापलट आफैले ल्याएको दाबि गर्न पछि हट्दैनन्।बने आफु बन्ने, बनाउन परे आफ्नालाई मात्रै बनाउने साघुरो मस्तिष्क बोकेकाहरु देशलाई समृद्दिको चरम उचाईमै पूर्याईदिने आलौकिक कुराहरुमा जनतालाई लट्ट्याएर खुलेयाम देश लुटी रहेका छन।
लुटतन्त्रको हावि यत्रतत्र सर्बत्र र सर्बांग्य छ।जसको हामी रमिते बनि रहेका छौ।लुट्नेहरुको संजाल र पहूच यति बाक्लो छ कि जो कोहिले प्रतिबाद गर्ने कल्पना सम्म गर्न सक्दैन। देश यसरी ने चलेको छ, चल्छ र चलिरहन्छ भन्ने धारणा बोकेर लुटेराहरुले बिना प्रतिबाद एकोहोरो देश लुटिरहेका छन।
ब्यथितिरहित एउटा फाट छैन।आम जनतामा आशा कम र निराशा अत्याधिक बढि छ।बिश्वास गर्नुपर्ने निकाय र ब्यक्ति बिशेषलाई भ्रष्ट्रतन्त्रले यसरी गाजेको छ कि जनताले उनिहरु संग सकरात्मक अपेक्षा गर्ने ठाउ छैन।
पशुपति शर्माले गाएको गितले कुनै अमुक ब्यक्ति अथवा संगठन तिर औला तेर्साएको छैन। उक्त गितले सिंगो प्रथालाई गिज्याएको छ।के गणतन्त्रमा लुटतन्त्रको बिरोध एक आम ब्यक्तिले गर्न नपाउने!?
पशपति शर्मा आलेचना कम धन्यबादका पात्र बढि हुन।जसले जनतामा भएको आक्रोश, असन्तुष्टि र हिनताबोधलाई शब्दमा लेखेर आफ्नै आवाजमा पस्कने शाहास गरे।अभिब्यक्ति र प्रेश स्वतन्त्रताको रटान लाएर नथाक्नेहरुको बिचमा उनले सामान्य तरिकाले यो गित पच्ने अनुमान गरेका हुनसक्छन्। तर यो गित त्यति सजिलै धेरैलाई पचेन। बिशेषगरी तिनलाई पचेन जसलाई यो गितका शब्द शब्दले घोच्यो। जसलाई लाग्यो कि यो गित मेरै लागि बन्यो।
बिगतमा गरेको अपराधलाई सांगठनिक स्वरुप दिएर २/४ बर्ष जेल बसेकै कारण र बिषेशगरी हिंसात्मक तथा आपराधिक पृष्ठभूमिलाई राजनितीकरण गर्न सफल भएकै कारण राजनितीमा उदाएका चरम अवसरवादिहरुलाई यो गितले पोल्नु पर्ने कारण छ। किन कि यो गित उनिहरुले नै कलंकित बनाएको समाजको एक आम ब्यक्तिको आवाज हो।
लोकतन्त्रमा हरेक ब्यक्ति संग बोल्न र बिरोध गर्न पाउने अधिकार छ।त्यसमाथि कलाकारको धर्म नै हो बिसंगतिका बिरुद्ध जनतालाई बताई रहनु, झस्काई रहनु।आम ब्यक्तिको आक्रोश पस्किएको गित सुनेर नेतृत्व लिने ले आफु र आफ्नो परिपाटिलाई सुधार्ने र देशमा सुशासनको बिउ आफैबाट रोप्न सुरु गर्नुको सट्टा दुई तिहाईको बलमा हामिले जे गरेपनि हुन्छ भन्ने मानशिकता बोक्ने कम्यूनिष्टहरुले आफु नांगो भएर पशुपति शर्माको बिरोध गरे।
त्यसमाथि पनि युवा संघ जस्तो युवाबर्गको नेतृत्व लिएको संगठनका अध्यक्ष स्वयम मिडियामा आएर पशुपति शर्माको बिरोध गर्न पछि परेनन।उनको संगठनले लिखित रुपमै पशुपति शर्मालाई सार्बजनिक धम्कि दियो।यसले उनिहरुको नैतिकतालाई स्खलित मात्रै गराएन सहि समयमा उनिहरुको औचित्य र नियतलाई पनि बाहिर ल्याईदियो। सांसदसम्म भएका केहि कम्यूनिष्ट नेताहरु जस्तै शान्ता चौधरी, झपट रावल जस्ता जनताका प्रतिनिधिसम्मले गितको मर्मलाई बंगाएर आफ्नै धरातल र नैतिकताको पतन आफैले गरे।
सिंगो सरकार एउटा गितको बिपक्षमा उभिनु, संसद भवनसम्म एउटा गित बिवादको बिषय बन्नुले हाम्रो शासकिय प्रणालिलाई गिज्याएको छ। र सरकारमा बस्नेहरुको कायरता पनि प्रस्तुत गरिदिएको छ।
एउटा भिडमा चोर पत्ता लगाउन ‘चोरको खुट्टा काट!’भनेर बन्चरो ताक्दा जसले खुट्टा पछि तान्छ उहि चोर हुन्छ भन्ने नेपाली उक्ति छ। खुट्टा पछि तान्ने चोरको मनोबिज्ञान र पशुपति शर्माको गितको बिरोध गर्नेहरुको मनोबिज्ञानलाई सबैले अन्दाज गर्न सकिन्छ।
यो गितले सबै तिर बराबर औला तेर्साएको छ। तर बिरोध केवल तिनिहरुले मात्रै गरेका छन जसले यो गित बन्नुको बास्तबिक कारण म नै हु भनेर आत्म मुल्यांकन गरे।
२१औँ शताब्दिको आजको युगमा हरेका ब्यक्ति स्वतन्त्र छ। हरेक संग बोल्न र लेख्न पाउने स्वतन्त्रता छ। अझ सुचना र प्रविधिले हरेक मानिसको हातमा एउटा मिडिया थमाई दिएको छ। युवा संघको धम्किले पशुपति शर्मालाई पछाडि हट्न बाध्य बनायो।उनले उक्त गित आफ्नो युट्यूवबाट भोलि पल्टै हटाए। तर त्यसको नतिजा पनि भोलि पल्टै सडकमा उनको गित बज्यो र भ्रष्ट्राचर गरेर पनि ससम्मान बाच्ने नांगै हिडरहेका निर्लज्ज साढेहरुलाई भन्यो, “एउटा पशुपतिलाई त रोक्यौ, सक्छौ भने हामी हजार पशुपतिलाइ रोकेर देखाउ।”
अब जनता यिनिहरुले सोचे जति अचेत पनि छैनन ताकि जता जता पण्डित बाजे त्यतै त्यतै स्वाहा भनिदिई रहुन। आज हजारौ यूट्यूव च्यानलहरुबाट उक्त गित अपलोड भएका छन। सामाजिक संजालमा जता खोज्यो त्यतै भोटिन्छ।जनताको मन जोडिएको गितलाई कसैले रोकेर रोक्न सक्दैन। किनकि लोकतन्त्रको बिशेषता नै अभिब्यक्ति स्वतनत्रता हो र लोकतन्त्रमा जनता र जनभावना भन्दा सर्बोपरि केहि हुदैन। न नेता, न नै तिनिहरुको दुई तिहाई!
देशको कार्यकारी प्रमुख जस्तो जिम्मेवारपदमा बसेको प्रधानमन्त्रि जस्तो ब्यक्तिले उक्त गित प्रति दिएको प्रतिकृया कति लजास्पद र अशोभनिय छ : ‘भावनामा बहकेर लेखे, जनताले मन नपराएपछि हटाए!’ भन्ने उनको गैरजिम्मेवार पूर्ण तर्कले केवल उनको गैरजिम्मेवारपनलाई मात्रै पुष्टि गर्दैन, उनले प्रधानमन्त्रिपदको गरिमालाई समेत धज्जि उडाएका छन।
खैर कुण्ड कुण्ड पानि मुण्ड मुण्ड बुद्धि भनिन्छ।उनको अभिब्यक्ति उनको मानशिकताकै उपज हो। पशुपति शर्माको यो गित जनताले मन पराए या पराएनन् यसको हिसाब जनतासंगै छ।र जनताको तर्फबाट मुल्यांकन गर्ने अधिकार पनि जनता संगै छ।
एक आम नागरीकको तर्फबाट गायक पशुपति शर्मालाई हार्दिक धन्यबाद सहित कोटि कोटि नमन छ। राजनितीमा होमिएको यो पुस्ताबाट नैतिकताको अपेक्षा गर्न नसके पनि उनको गित पुस्तौ पुस्ता बजि रहनेछ र यहि गितको कारण नेपाली राजनितीमा एउटा जिम्मेवार र ईमान्दार पुस्ताको जन्म हुनेछ।
यि र यस्ता गितहरु अझै बनाउन उनलाई प्रेरणा मिलि रहोस ताकि लुट्ने ठाउमा पुगेकाहरुलाई लुट्नु अघि दिमागमा यहि शब्दले गिज्याई रहोस: ‘लुट्न सके लुट, नेपाल मै हो छुट’!!

