आज श्री शाके १९४० बि.स. २०७५ साल माघ १२ गते शनिबार इश्वी सन् २०१९ जनवरी २६ तारीख माघ कृष्णपक्ष षष्ठी तिथी हस्ता नक्षत्र सुकर्म योग १७ः४५ बजे सम्म उप्रान्त धृति योग गर करण ११ः१६ बजे सम्म उप्रान्त वणिज करण चन्द्रमा कन्या राशिमा आनन्दादियोगमा मृत्यु योग सुर्य उत्तरायण शिशिर ऋतु अन्तर्राष्ट्रिय भन्सार दिवस – ज्यो.पं. सरोज घिमिरे
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । प्रतिद्वन्धीहरुका कारण गरीरहेका कार्यमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यमा समय ब्यतित रहनेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ । मानसिक तनावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । आफुभन्दा सानाको सहयोगबाट कार्य सम्पादित रहनेछन । रचनात्मक कार्यबाट लाभ प्राप्त रहनेछ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
खुशीको खबरले मन प्रशन्न रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्य सम्पादित हुनेछन । सभासम्मेलन जन्य कार्यमा सहभागीताको योग रहेकोछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नजिकका मित्रजनहरुबाट धोका मिल्ने सम्भाबना रहेकोछ । कार्यक्षेत्रमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । अरुको बिश्वासमा नपरेकै उत्तम रहनेछ । तात्कालिन यात्राको सम्भावना आई पर्न सक्नेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खानपानका क्षेत्रमा सावधानि अपनाउनु उत्तम रहनेछ । स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । सामान्य वादबिवादको झमेलामा फस्ने सम्भाबना रहेकोछ । संचीत रकम समेत खर्चको योग रहेकोछ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थमा देखिएका समस्या बिस्तारै समाधान हुनेछन । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ । जिवन साथिको सहयोगमा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त हुनेछ ।
तुला राशि – र,रि, रु, रे, रो, ता, ति, तु, ते
भोग बिलासका क्षेत्रमा समय ब्यतित रहनेछ । मनोरञ्जनका साधन खरीदका निम्ती सामान्य खर्चको योग बन्नेछ । तपाईको कार्यको चीयोचर्चा गर्नेहरुको सङख्यामा बृद्धिहुनेछ । नयाँ लगानिका क्षेत्रमा सजग रहनु होला ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित गर्दा समय उत्तम रहेकोछ । नयाँलगानि साथै आयमुलक कार्यका क्षेत्रमा खर्चीएको समय समेत उत्तम रहनेछ । कुलकुटुम्बहरुको साथ सहयोगमा बृद्धिहुनेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । गरीरहेका कार्य सम्पादनमा निकै संघर्ष गर्नु पर्नेछ । सामाजिक कार्य साथै सभासम्मेलनमा सरीक हुने अवसर जुट्नेछ । बिलासिताका साधनको प्रयोमा समय ब्यतित रहनेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बिश्वासिला ब्यत्तीहरुबाट धोका हुन सक्ने योग रहेकोछ । मित्रजनहरुका खराब संगतका कारण सामान्य अपजसको सम्भाबना रहेकोछ । यात्राकारक समय रहेकोछ । तात्कालिक अर्थ अभाबको योग बन्न सक्नेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
सामान्य वादबिवादको सम्भाबना रहेकोछ । खानपानका कारण स्वास्थमा समस्या देखापर्नेछ । गरीरहेकोकार्यमा सामान्य तनाव उत्पन्न हुनाले शारीरिक आलस्यताले सताउनेछ । समय त्यति राम्रो रहेकोछैन ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
ब्यापार ब्यवसायमा समय खर्चिदा उत्तम रहनेछ । पारीवारिक समस्याले भने सताउन सक्नेछ । मान्यजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । मानसम्मान प्राप्तीको सम्भावना रहेकोछ ।

