आज श्री शाके १९४० बि.स. २०७५ साल माघ ७ गते सोमबार इश्वी सन् २०१९ जनवरी २१ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी ११ः३० बजे सम्म उप्रान्त प्रतिपदा तिथी तिष्य नक्षत्र विष्कुम्भ योग ११ः५२ बजे सम्म उप्रान्त प्रीति योग वव करण ११ः३० बजे सम्म उप्रान्त वालव करण चन्द्रमा कर्कट राशिमा आनन्दादियोगमा धाता योग सुर्य उत्तरायण शिशिर ऋतु माघस्नान सुरु, श्रीस्वस्थानी व्रत प्रारम्भ, भक्तपुरस्थित हनुमत्तीर्थ त्रिवेणीमेला, चाँगुनारायण हैगु मिला पुन्ही, आर्य दिवस – ज्यो.पं. सरोज घिमिरे ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारीवारिक सम्बन्धमा सुधार आउनेछ । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । बिलासीताका सामानको प्रयोगमा समय ब्यतित रहनेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
यात्रामा सामान्य झन्जट आउन सक्छ । पराक्रम बृद्धि हुने छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला । प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि बृद्धि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । स्वास्थ सम्बन्धी समास्याले सताउन सक्छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जस आउन सक्छ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आम्दानिका बिभिन्न स्रोत हरु फेला पर्ने छन । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च हुनसक्ला । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खर्च बढ्ने योग रहेको छ । बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । कुराकाट्ने ब्यँितहरु को कारण सामान्य चिन्ता बढ्न सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेकोछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पारीवरिक शुःख प््राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा मिल्ने छ । श्रम परीश्रमको राम्रो कदर हुने समय रहेको छ । सबारी साधन को प्रयोगमा ध्यान दिनु होला । यात्रामा सामान्य झन्झट रहन सक्छ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । अपरीपक्क निर्णयले तपाई लाई गलत साबित गर्न सक्नेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
तपाईको बोलिको खराब अशर देखापर्नेछ । साजेदारीकाममा भने मनग्य लाभ प्राप्त हुनेछ । भोजभतेरमा सरीक हुने अबशर प्राप्त रहनेछ । सामान्य स्थान्तरणका कारण कार्य क्षेत्रमा साधारण झन्भट ब्यर्होनु पर्नेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बिलासीताका सामानको प्रयोगमा समय ब्यतित रहनेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । प्रेम सम्बन्धमा केहि सुधार आउने छ । ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

