इजरायलको तेल अभिबमा नेपाली जनसम्पर्क समिति इजरायलको दोश्रो अधिबेशन हिजो शुक्रबार सम्पन्न भएको छ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । विशिष्ट अतिथिमा इजरायलको लागि कार्यबाहक नेपाली राजदुत आस्था सुब्बा रहेकी थिइन् ।
उक्त अधिबेशनमा इजरायलका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु पनि सहभागी भएका थिए ।
नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य पुर्ब जलस्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डिनाले अधिबेशनलाई सम्बोधन गरेकी थिइन् ।
उक्त अधिबेशनले खगेश्वर अधिकारीलाई सभापतिमा निर्विरोध चयन गरेको छ । यसै गरि प्रथम उपसभापतिमा दिपिका भुषाल , द्वितीय उपसभापतिमा गौरी सुबेदी , तृतीय उपसभापतिमा देबि खरेल पान्डे, चतुर्थ उपसभापतिमा नितु कार्की , प्रथम महामन्त्रीमा राज छतकुली , द्वितीय महामन्त्रीमा सुर्य मगर , तृतीय महामन्त्रीमा अनु थापा, सहमहामन्त्रीमा इन्दिरा सुवेदी , प्रभा घिमिरे , भक्तिसापकोटा , माया खनाल र कोषाध्यक्षमा सुशिला बस्नेतलाई चयन गरेको छ ।

यस्तै प्रबक्ता – रुकमाया खनाल र सदस्यहरुमा – माया आचार्य, तुलसा अधिकारी, पार्वती गुरुङ, भगवती मगर, सरिता बिष्ट, सविषा थापा, राजकुमारी श्रेष्ठ, सिन्धु मल्ल, लालबहादुर दुरा, शारदा सिटौला, कटक बहादुर श्रेष्ठ, चन्द्र कला कुमाल , राधिका कंडेल रेग्मी र दिपक क्षेत्री रहेका छन् ।
कार्यक्रमको सुरुवातमा नेपाली काङ्ग्रेसको सस्थापक नेता महामानब सुप्रसिद्द साहित्यकार बिपि कोइरालाको फोटोमा प्रमुख अतिथी सहित बिशिस्ट र विशेष अतिथीले माल्यापर्ण गरेर्का थिए ।
निर्बाचन समितिका सयोजक तथा जनसम्पर्क समिती इजरायलका संरक्षक सुबास खरेलले नयाँ कार्य समितिको नाम र पद विवरणबारे जानकारी गराए थिए साथै प्रमुख अतिथिले नव गठित समितिका सदस्यहरुलाई ओहोदाको प्रमाणपत्र प्रदान गर्दै सपथ ग्रहण गराएकी थिइन् ।
कार्यक्रमकि प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य महालक्ष्मी उपाध्यय डिनाले नेपालमा भैरहेको अस्तब्यस्त , सरकारको गलत कार्यको खबरदारी , नेपाली काङ्ग्रेस हिजो आज र भोलि कस्तो हुनु पर्ने बन्नु पर्ने बिषयमा बोल्दै नेपाली काङ्ग्रेसको संगठन लाई सशक्त ढंगले अगाडि बढाउनु पर्ने बिचार राखेकी थिइन् साथै इजरायल नेपाली कामदारको लागि अत्यन्तै राम्रो गन्तव्य भएको कारणले गर्दा नेपाल सरकारले इजरायल रोजगार खुलाउन यथासिघ्र पहल गर्नु पर्ने कुरामा जोड दिदै नेपाली काङ्ग्रेसको बैठकमा उक्त कुरा उठाउने बताएकी छिन् ।
कार्यक्रमको विशेष अतिथी तरुण नेत्री मुना भुषालले काङ्ग्रेसले प्रतिपक्षको भुमिका सदन र सडकमा सशक्त रुपमा हुनु पर्ने कुराको जोड दिदै नया निर्बाचित कार्यसमिति लाई बधाइ तथा सफल र सबल कार्यकालको लागि शुभकामना ब्यक्त गरेकी छिन् ।

सभापति खगेश्वर अधिकारी
तत्कालिन समितिका का.वा सभापति डम्बर गुरुङ सभापतित्वमा उक्त दोश्रो अधिबेशन सम्पन्न भएको थियो ।
जनसम्पर्क समिती इजरायल कार्यसमिती सदस्य सुबास खरेल बिगत ५/६ महिना देखि मुटुमा समस्या आइ उपचारत् भएको र थप उपचारको लागि धेरै ठूलो रकम लाग्ने भएको हुदा इजरायलमा रहेको राजनीति संगठन , धार्मिक सस्था , सामाजिक सस्था ,जातिय सस्था र एनआरएन इजरायललाइ सहयोगको लागि अपिल गर्दै हातमा हात मिलाउन जनसम्पर्क समितिले आह्वान समेत गरेको छ ।

