सकेसम्म सिम्पल कुराहरु गर्ने हाम्रो उदेश्य रहन्छ । त्यसैले हामी यो समाजको सहयोगी बनेर सरकार र सरोकारवालाहरुलाई फ्रीमा सल्लाह दिन्छौँ, खुब जान्ने भई टोपलेर होइन, साँच्चिकै सुधार होस् भन्नका लागि ।
सरकारका लागि बिकास भनेको मेलम्ची, पूर्व पश्चिम रेल, सुरुङ मार्ग, २-४ अरु एरपोर्ट, अग्लो धरहरा, गहिरो रानीपोखरी होला । तर माइ डियर सरकार त्यस्तो होइन । अंग्रेजीमा एउटा भनाइ छ । ह्याप्पिनेस इज अल अलङ द वे, नट याट द इन्ड अफ द रोड । अर्थात खुसीयाली त यात्रामा हुन्छ, गन्तव्यमा होइन ।
रेल, जहाज, एरर्पोटहरु बनिरहँदा आम जनताले पाउने सुख सुविधामा परिर्वतन आएन भने रेलको डिब्बा टोक्ने ? जाहाजको पार्ट पूर्जा फ्राइ गरेर खाने ? धरहराबाट सुरेली खेल्ने ? रानी पोखरीमा पौडी खेल्ने ? सल्लाहलाई विरोध र आलोचना देख्ने भए न कुरा गराँै हैन भने ध्यान दिएर फेरी सुन्नुहोस् ।
यति सामान्य कुरा बुझाउन पनि सल्लाहकार नै छेउमा चाहिन्छ भने तपाईहरुलाई काँध थाप्नु भन्दा राम राम भन्नु सजिलो हुन्छ । फेरी हामीलाई भीरबाट लड्न आँटेको गोरु भन्यो भनेर लखेट्न न आउनु होला नि । जनताका लागि विकास भनेको, सार्वजनिक यातायात, सस्तो, भरपर्दो र सुविधा जनक हुनु हो ।
ढाड कुप्रो परेर घुडासम्म निहुरीएकी आमालाई भोलिको रेल भन्दा आजको ठेलमठेलको चिन्ता छ । सरकार त्यहा देखिनु प¥यो । सरकार यो देशको कुन मालापोत कार्यालयमा कहिले, कति बजे जाने, खबर पाउँ । भनेर नभ्याइने र गनेर नभ्याइने अनियमितता वा वेथितिहरुको लिष्ट टिप्न १ दर्जन मान्छेलाई हामीसँगै पठाइदेउ ।
सुरुङ मार्ग भन्दा तगडा घुस मार्ग, वरपरका चिया चमेना पसल देखि राति डान्सबार र दोहोरी साँफसम्म फैलिएको छ । सरकार त्यहाँ देखिनु प¥यो । विदेश लान्छु भनेर ठगेकाहरुले थोडी कागज गरेर ल्याप्चे लगाएर ठग्छन् ? तिनले सकेसम्म प्रमाण नै छोड्दैनन् छोडेपनि नष्ट गर्छन् । अनेक संघर्ष गरी प्रमाण जुटाएर पक्राउ पूर्जी समेत पाएका ठगहरु हजाराँै युवाहरुलाई बेघर बनाएर आँफू घरमै बसिरहेका छन् । पीडितलाई प्रहरी के भन्छ थाहा छ ? त्यो ठगलाई भेटेपछि समाउनुस, त्यसपछी हामीलाई खबर गर्नुस् । २ कौडीको, ४ थान गुण्डा पालेर बसेको दलाललाई पीडितले नै समाएर प्रहरीलाई बुझाउनु पर्ने ?
प्रहरीको यस्तो जवाफ दिएका पीडित युवाहरु कति बजे, कति जना, कसको गेट अगाडि पठाइदिउ ? पानी जहाजपछि चडौला तर हवाइ जहाज चड्न नपाइ ठगिएका यी युवाहरुले के गरेर खाने ? २ वटा गुण्डालाई सडकमा घिसारेर सुपर हिरो बन्नु भएको आइजी साब, शहरका गल्ली गल्लीमा बसेर तपाईले काटेका पक्राउ पूर्जीलाई हात पुछ्ने न्याप्किन बनाएर बसेका गुण्डाहरुलाई नाक रगडिने गरी सडकमा घिसारेको दृश्य अब हेर्न नपाइने नै भो त ?
आइजी भन्दा माथि गृह मन्त्री नै बन्ने चान्स पनि आउन सक्छ, एक दुई जनालाई फेरी घिसारेर हेड लाइन बन्ने भए खबर पाँउ हामी पनि क्यामेरा चार्ज गरेर खिच्न तयार हुन्छाँै । सरकार त्यहाँ देखिनु प¥यो । फाइलहरु अझै पनि क्या गजबका छन् ।
घुस र फाइलको सम्बन्ध चुम्बक र फलाम जस्तो । घुुस पायो फाइल स¥यो । घुुस आएन फाइल टसकोमस हुँदैन, मरेकाटे सर्दैन । यस्तो कुरा हेर्नु पर्दैन । कहाँ हुन्छ यस्तो, भन्नुहोला । म भन्छु कहाँ हुँदैन यस्तो ? पैसा छ लाइन बस्नै पर्दैन, पैसा छैन लाग्नुस घण्टौ सम्म लाइन । जनताले बस्ने लाइन र पैसा खुवाएर घुस्ने बेलाइनमा पो देखिनु प¥यो सरकार । धरहरा ठडिएपछि पनि अदालतमा सेटिङ, ठेक्का पट्टामा सेटिङ, क्रसर बालुवा खानीका नाममा सबलाइ्र्र भाग पु¥याएर पेट फुटुञ्जेल खानी अनि जनता कहाँ जाने ?
सरकार जसको आएपनि त्यसले बिचौलिया मात्रै पाल्ने, अनि जनताले चाँही धरहरा बन्यो भनेर टुप्पोमा पुगेर हाम फाल्ने ? माइ डियर सरकार, सेम सल्लाह, पटक पटक त्यो पनि फ्रीमा दिएर हैरान छु । थाकेको चाही छैन । सल्लाहकारलाई २ वटा टिममा बाडाँै । एउटा ग्रुप गफाडीहरुको ग्रुप, तिनले ठुल्ठुला बडेमानका गफ मात्र दिने र अर्को ग्रुप सानो चिटिक्कको, जसले आम मानिसको दैनिकीलाई ठ्याक्कै प्रभाव पार्न सक्ने गरी काम मात्र गर्ने, चोथाले जस्तो जवाफ फर्काउने काम चाँही त्यो पहिलो गफाडी समूहले गरोस् यो दोस्रो गु्रपले होइन ।
अब लाष्ट कुरा, हाम्रो अफिस र राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश निवास एकदमै नजिकको डिस्टेन्समा छ । केही पाक्न आँट्यो कि बास्न वा गन्ध ठ्वास्सै आँउछ । त्यस्तै एउटा गन्धको कुरा गराँै । नेपाल वायुसेवा निगम टाट पल्टिन लाग्यो भनेर अब यसका जहाज अर्को कम्पनीलाई लिजमा दिने बहस शुरु भैसकेको छ । यसरी लिजमा दिनै परे क्षमतावान अन्तराष्ट्रिय उडान कम्पनीहरुलाई दिनु साटो एउटा स्वदेशी कम्पनीलाई दिने प्रयास हुँदैछ भन्ने गन्ध आँउदै छ ।
हामी त साना मान्छे साना साना मुद्धामा बोल्ने काम गर्छाँै । तर ठुला मुद्धावालाहरुलाई क्लु चाँही दिन चाहन्छाँै । वाइड बडी खान मुख पनि बाइडल्ली आँ.. गरेकाहरुले अरबाँै कमाउने मौका छोप्दैछन् कि ? वाइडल्ली सोचौँ । वाइल्डी प्र्रतिकार गराँै ।

