डाक्टरले घेरिए राजेश हमाल

प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहीबार

काठमाडौं  । नेपाली चलचित्रका महानायक राजेश हमाल परिवारमा डाक्टरले घेरिएका छन्। यो तिहारमा नायक हमाल डाक्टर दिदीबहिनीबाट घेरिने खबर आजको शुक्रबार साप्ताहिकले छापेको छ।

हमालकी दिदी रीता बच्चाको डाक्टर हुन्। उनकी अर्की दिदी रेखा गाइनोलोजिस्ट हुन्। उनकी बहिनी रुपा दाँतको डाक्टर हुन्।

राजेकी दिदी रीता ओम नर्सिङ होम, चावहिलमा कार्यरतछिन्। अर्की दिदी रेखा अमेरिकामा छिन्। बहिनी रुपा पनि अमेरिकामै छिन्। उनीहरु उतै चिकित्सा क्षेत्रमा क्रियाशील छन्।

‘उनीहरु सबै डाक्टर। ‘टर’ त म पनि ‘टर’ नै हो। तर, ‘एक्टर’ । भाग्यवस कन्डक्टर भइँन,’ राजेशले हाँस्दै भने।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu