‘फास्टफुड-फास्टडेथ,अर्ग्यानिक खाना-मोर्ग्यानिक लाईफ’ सन्देशका साथ काठमाडौँको पेप्सीकोलामा सुरु गरिएको कोशेली घरले स्थापनाको छोटो समयमै सर्वसाधारणको मन जित्न सफल भएको छ। सामाजिक न्याय अभियन्ता समेत रहेका मनोज अधिकारीको नेतृत्वमा स्थापना गरिएको कोशेली घर बारे उनकै शब्दमा लेखिएको भावनात्मक आग्रह जस्ताको तस्तै :
मनोज अधिकारी, प्रमुख : कोशेली घर

नमस्ते ! तपाईंहरुसंग हामीले सुरुवात गरेको कोशेली घरबारे सुनाउन पाउदा निकै खुसि लागेको छ। मलाई के लाग्छ भने छिटोभन्दा छिटो पैसा कमाउने लालसाले, छिटो धनि हुने लाेभले हामीलाई घेराबन्दिमा पार्याे । हाम्राे प्राण रक्षक खाद्य बस्तुका उत्पादक र देशका सबैभन्दा महत्त्वपूर्ण ब्यक्ति किसानलाई पनि याे अस्वस्थ प्रतिस्पर्धाले नघेर्ने कुरै भएन,लामाे समयदेखि कृषि उपज बिषादि मुक्त हुन सकेन । कृषि उपज जस्ताे पवित्र भाेजन बिषादिले युक्त हुनु भनेकाे हामी सबैकाे स्वास्थ्य प्रतिकुल हुनु हाे । अस्वस्थ खानपिनले स्वस्थ बिचार जन्मँदैन र अस्वस्थ बिचार बाेकेका ब्यक्तिबाट समाज स्वस्थ हुने कुरै हुँदैन । जसरी समाज सभ्य र स्वस्थ बनाउन हाेस या देश बनाउन स्पष्ट दृष्टिकोण र त्यस प्रतिकाे ईमानदारीताकाे जरुरी छ त्यसैगरि स्वस्थ जिवनका लागि पनि बिषादि मुक्त र कम बिषादि प्रयाेग गरिएका कृषि उपजकाे जरुरी छ ।

माेटरसाईकल चालकले हेल्मेट लगाउनासाथ दुर्घटनानै हुँदैन भन्ने हाेईन । हेल्मेट सम्भावित दुर्घटनाबाट बचाउन मद्दत गर्ने साधन मात्र हाे । पुर्ण सुरक्षित यात्राका लागि हरेक सवारी चालक सजग हुनु जरुरी छ,नियममा बाँधिनु अावश्यक छ त्यसरी नै हरेक ब्यक्तिले अर्ग्यानिक उपज र यसकाे महत्व बुझ्नु जरुरी छ ।
हामीले काेसेली घरकाे नाम दिएर यस्तै अर्ग्यानिक कृषि उपजकाे ब्यवसाय शुरु गरेका छाैँ । ईलामकाे अकबरे खुर्सानीकाे अचार, नाैनी र खारेकाे घ्यु, बिभिन्न स्तरका चियापत्ति, छुर्पी, बम्बैसन,सुनसरिकाे अालस, सँखुवासभा र खाेटाङकाे टिमुर, ललितपुरकाे मस्याैरा, गाेरखाकाे ताेरीकाे गुन्द्रुक, मुस्ताङ र जुम्लाका दाल, मार्सी चामल, पाेखराकाे जेठाेबुढाे, सल्यानकाे अमिलाे, दाङकाे मह, डडेलधुराकाे अाेखर जस्ता अर्ग्यानिक खानेकुराहरुकाे बिक्री वितरणबाट प्राप्त अमुल्य सदभाव हामी पैसा भन्दा धेरै दिन दिनै पाईरहेका छाैँ ।

रामेछापको अदुवा केण्डी, खोटाङको वेसार, सोलुखुम्वुको जिम्मु डढेलधुराको ओखर,खोकनाको तेल, सुर्खेत हर्रेको अदुवा हाम्रा विशेष सामाग्रीहरु हुन्। नेपालीले उत्पादन गरेका सुतिका सजिला कपडा, ब्याग, डायरी, टाेपी, झण्डा जस्ता कुरा हरेक नेपालीले प्रयाेग गर्नु पर्छ भन्ने मनसायले यहाँ त्यस्ता नेपाली माैलिकता झल्किने कुराहरु पाईन्छन ।
हामीले घरैमा अनुभव गरेर जानेका शुद्ध, सफा र मिठा खानेकुराहरु मुँगकाे राेटि,बारा,साँधेकाे चिकन,फापरकाे राेटी,काेदाेकाे राेटी जस्ता स्वास्थ्यबर्धक खानेकुराकाे मेनु दिएर ग्राहक समक्ष ल्याउँदै गर्दा अत्यन्तै सकारात्मक प्रतिकृयाहरु पाईरहेका छाैँ। तिनै सकारात्मक प्रतिकृया लाई हामी हाम्राे जग मान्दछाैँ, जाे नदेखिने ईँटा हुन जसले सिँगाे महल थामिरहेका हुन्छन । यस्ताे प्रकृतिका ब्यवसायमा धेरै मुनाफा हुँदैन तर सम्मानित सदभाव भने पैसा भन्दा कैयाैँ गुणा धेरै पाईँदाे रहेछ।
सन्तानप्रति अामाकाे माया जस्ताे जसलाई मुल्यमा तुलना गर्न नसकिँदाे रहेछ । काेसेली घरले चियासँग किताब अभियान पनि सन्चालन गरेकाे छ । यहाँ ग्राहकले घण्टाैँ बसेर किताब पढन पाउँछन जस बापत केहि पनि तिर्नु पर्दैन । स्वास्थ्यकाे दृष्टिकोणलाई मध्यनजर राखेर न्युनतम मुल्यमा स्तरिय ‘ग्रिन टि र ब्ल्याक टि ‘काे मात्र ब्यवस्था गरिएकाे छ भने खाजाका रुप्मा सर्वाेत्तम सातु र टुसा अँकुरित गेडागुडी काेसेली घरका अाफ्नै बिशेषता हुन । सडक किनारामा ठेलामा स्ट्रिट फुड भनेर बिकसित देशमा प्रशस्त ब्यापार हुन्छ, त्यहाँको वातावरण स्वच्छ हुन्छ त्यसैले खाना पनि स्वच्छ हुन्छ तर हाम्राेमा ठिक उल्टाे छ ।

बाटाेमा बेच्न राखिएका खानेकुराहरु जतिसुकै मिठा भएपनि हामी वरपरकाे दुषित हावा र फाेहाेरका कारण ति जोखिमयुक्त छन् । अहिलेका फास्टफुड अर्थात् जंक फुड खानाले फास्ट डेथ जसरी अवस्यम्भावी छ त्यसरी नै अर्ग्यानिक खानाले जीवन धेरै हद सम्म सुरक्षित रहन्छ । काेसेली घरले पनि शान्त वातावरणमा सुरक्षित खाना र नानाको लागि अत्यन्त पारिवारिक वातावरणमा एसलाई शुरुवात गरिरहेको छ कृपया एक पटक पालेर हामीले थालेका एउटा सकारात्मक र रचनात्मक पहलको अवलोकन गरेर स्वदेशी सामग्री प्रवर्द्धनकाे पहललाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
कोशेली घरमा आएर कोशेली चै के लाने नि ?
जुनसुकै शुभकार्यमा अावश्यक पर्ने दुबोकाे माला र साईपाटा सेट । पाल्पा,खोटाङ,धनकुटाका ढाका टोपी,चौवन्दी चोली,खादा, नेपाली गार्मेन्टबाट उत्पादन गरिएका बिभिन्न सन्देस सहित प्रिन्ट गरिएका सर्ट, टिसर्ट , सुरुवाल, ब्याग, पर्स, नेपाली कागजद्वारा निर्मित फाेटो एल्बम अादि । खुर्सानीकाे अचार, मेथीकाे अचार, छुर्पी, ललिपप, वमवैसन,नौनीघ्यू । ललितपुरको विभिन्न स्थानमा उत्पादित लप्सीको अचार,गुन्द्रुक,सिन्की,मस्यौरा ।

स्थानीय तथा स्वदेशी सामाग्रीहरुको खपत गरौ, परनिर्भरताको अन्त्यका लागि उद्मशीलताको प्रवर्धन गरौ ।
हाम्रो अभियानको अवलोकनका लागि ठेगाना : कोशेली घर, काठमाडौँ ,पेप्सीकोला खेल मैदान छेउ ।
सिधा सम्पर्क : 9841-223221/9849540355, पेप्सीकाेला स्थित टाउनप्लानिङ,फुटबल ग्राउन्ड नजिकै।

